सल्यान
२९ चैत/ बनगाड कुपिण्डे नगरपालिका १ सल्यानको भैरवी आधारभुत विद्यालयमा दुई कोठे भवन बन्ने भएको छ ।

सल्यान १ बाट निर्वाचीत प्रदेशसभा सांसद गुलावजंग शाहको सांसद विकास कोषको २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको विहिबार वनगाड कुपिण्डेका मेयर गोविन्दकुमार पुनले शिलान्याश गरेका छन् ।

पुनले विद्यालयमा भौतीक संरचनाको अभाव हुँदा शैक्षिक गुणस्तर सुधार हुन नसक्ने भएकाले शैक्षीक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।


ADVERTISEMENT

  



उनले बनगाडकै प्रभावकर मावि, कृष्ण मावि लगाएतका विद्यालयमा पनि नेकपा कर्णालीका प्रमुख सचेतक समेत रहेका सांसद् शाहले रकम विनियोजन गरेको भन्दै धन्यवाद दिए ।

प्रतिकृया

प्रतिकृया