सल्यान
२९ चैत/ सल्यानमा पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जिल्ला सदस्य रिहा भएका छन् ।

विहिबार मात्रै रिहा भएका सल्यान जिल्ला सदस्य भीम बहादुर ओलीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टी परित्यागको घोषणा गरे लगत्तै विगत २२ दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा बस्दै आएका ओली १० हजार धरौटीमा रिहा भएका हुन् ।


ADVERTISEMENT

  



२४ वर्षिय ओलीले पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गरे । गत चैत ९ गते बागचौर नगरपालिका वडा न २ बागचौरबाट गाडी तोडफोड गरेको आरोपमा पक्राउ परेका थिए ।

वलीले आउदा दिनहरुमा कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न नहुने बताए । आर्थिक अवस्था, पारिवारिक तनावका कारण आफुले पार्टी परित्याग गरेको बताए ।

यसअघि विप्लव नेतृत्व नेकपाका सदस्य खुम बहादुर केसी एक लाख धरौटीमा छुटेका थिए । हिरासतमा अझै ३ जना विप्लव नेतृत्वका कार्यकर्ता रहेका छन् ।

उनीहरुलाई सार्वजनिक मुद्या लागेको र अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख पञ्चलाल गोलेले बताए ।

पार्टीका जिल्ला सदस्य मदन केसी, गणेश आर.सी. र नारायण ओली प्रहरी हिरासतमै छन् ।

प्रतिकृया

प्रतिकृया