घोराही
१ बैशाख/ घोराही उपमहानगरपालिका वडा नम्बर १८ ढोडेनीमा रहेको नमःछु बौद्ध गुम्बामा मूर्ती र मानेको स्थापना गरिएको छ ।

१३ लाख मूल्य बराबरको सहर्षभुज लोकेश्वर मूर्ती र १२ लाख मूल्य बराबरको माने अर्थात धर्म चक्रको स्थापना गरिएको गरिएको हो ।मूर्ती र धर्मचक्र मानेको बौद्ध धर्मका प्रमुख लामा कालसाङ लामाले अनाबरण गरेका थिए ।

नयाँ बर्षको अबसर पारी उक्त कार्यक्रमको आयोजना गरिएको र शुभकामना आदान प्रदान सँगै सम्मान कार्यक्रम गरिएको छ ।गुम्बा समितिका अध्यक्ष सतबहादुर रोकामगरको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा मूर्ती र मानेको स्थापना गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।


ADVERTISEMENT

  



लोकेश्वर मूर्तीको स्थापना गर्ने काठमाडौ महानगरपालिका १५ का मणिरत्न साक्य, माने धर्मचक्रको स्थापनाकर्ता दिलचन बुढामगर, मनचन बुढामगरलाई समितिका तर्फबाट नगर प्रमुख चौधरीले कदर पत्र सहित सम्मान गरेका थिए ।

त्यसैगरी दानविर एंव समाजसेवी सोम पुनमगरलाई पनि समितिले सम्मान गरेको छ । कार्यक्रममा नगर प्रमुख चौधरीले मन र समाज शान्ति भए मात्रै बिकास र संबृद्धी आउने बताएका छन ।समितिका सदस्य मनिराज पुनमगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब मानसिंह जिएमले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया