तुलसीपुर
२ बैशाख/ मालिका कालिका यातायात प्रालि दाङको अध्यक्षमा रम्बा ओली चयन भएका छन् ।

प्रालिको चौथो बार्षिकसाधारण सभाले ओलीलाई अध्यक्ष बनाएको हो । प्रालिमा अध्यक्ष बाहेक अन्य सदस्यहरु हुने ब्यबस्था छ, भने बर्षेनी नयाँ नेतृत्व चयन गर्ने गरिन्छ ।

यस अघि सुमन पोख्रेल अध्यक्ष थिए । २०७२ सालमा उक्त प्रालि सञ्चालनमा आएको थियो । प्रालिले बिभिन्न जिल्लमा यातायात सेवा प्रदान गर्दै आएको छ ।


ADVERTISEMENT

 



एसि सहितका डिलक्स बसहरु सञ्चालनमा आएको अध्यक्ष ओलीले बताए । प्रालिले सेवा शुरु गरेपछि यातायात सेवा सहज भएको छ ।

प्रतिकृया

प्रतिकृया