जयन्ती चौधरी, तुलसीपुर
२-बैशाख / सरकारले सोमबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ ।

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय र्पुयाऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले भर्ना अभियान सुरु गर्न लागेको हो ।

अभियान अन्तर्गत सोमबारदेखि ७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान शुरु भएकोे छ ।


ADVERTISEMENT

 



यसैबिच दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १०मा रहेको जनजागृति माध्यामीक विद्यालय पातु वनगाउँले पनि आफ्नो विद्यालयको भर्ना अभियान आजदेखि शुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १० का वडा अध्यक्ष कुमार लामिछानेको नेतृत्वमा भर्ना अभियान कार्यक्रम aशुरु गरिएको छ ।

भर्ना अभियान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हिमबहादुर केसीको नेतृत्वमा शुरु गरिएको हो । 

उक्त कार्यक्रममा वडा अध्यक्ष लामिछानेले शिक्षामा सुधार तथा विद्यालयको पंहुचबाट बाहिर रहेका बालबालिकालाई विद्यालयको पंहुचमा ल्याउनको लागि वडाबाट बालविकास देखि ३ कक्षा सम्म यातायातको व्यवस्था, बालविकास देखि ३ कक्षा सम्म अगेंजी माध्यममा पढाई हुने व्यवस्था र खाजा नास्ता समेतको व्यवस्था गरि दिने प्रतिवद्धता व्यक्त गरेका छन ।

विद्यालयका निमित्त प्रधाननध्यापक शालिकराम लामिछाने, सहायक प्रधाननध्यापक भोला प्रसाद लामिछाने र वडा सदस्य एवम् सम्पूर्ण शिक्षकहरु लगायतको उपस्थितिमा भर्ना अभियान कार्यक्रम शुरु गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं१०को राइखल्यान र चैलाहीबाट भर्ना अभियान शुरु गरेको विद्यालयका शिक्षक महेश कुमार लामिछानेले बताएका छन ।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हिमबहादुर केसीको अध्यक्षता तथा वडा अध्यक्ष कुमार लामिछानेको प्रमुख आथित्यतामा विद्यालय व्यवस्थापन समितिको बैठक बसेको छ ।

आजको बैठकमा वडा कार्यलयबाट विनियोजन गरेको ६ लाख बजेट विद्यायलको माथिल्लो तल्लामा २ कोठे भवन निर्माण गर्ने निर्णय समेत गरेको छ ।

प्रतिकृया

प्रतिकृया