ओमप्रकाश गुप्ता, देउखुरी
९-बैशाख /  दाङको बेलझुण्डीमा सञ्चालित आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत एथ्लेटिक्स प्रतियोगितामा ३ स्वर्ण १ कास्यपदक जित्न सफल खेलाडी आशिष चौधरीलाई सोमवार राप्ती गाउँपालिकामा बधाई तथा सम्मान गरिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ७ छोटकी सिसहनियाँ निवासी बुवा अयोध्याप्रसाद चौधरी र आमा भरतरानी चौधरीको कोखबाट जन्मिएका चौधरी सर्वोत्कृष्ट खेलाडीको रुपमा छनौट भएपछि उनलाई गाउँपालिका सहित ४,५,७ र ८ नम्बर वडा कार्यालय र सिसहनियाँ उद्योग वाणिज्य संघले समेत फुलमाला सहित सम्मान गरेका हुन् ।

सरस्वती युवा क्लवको नेतृत्वमा आइ.एम ग्रुपको सहयोगमा बधाई तथा सम्मान कार्यक्रमहरु भएका हुन् ।


ADVERTISEMENT

  



राप्ती गाउँपालिकामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, वडा कार्यालयमा भएको कार्यक्रममा वडा अध्यक्षहरु विष्णुबहादुर घर्ती क्षेत्री, गोवर्धन रावत, विद्याशरण चौधरी, ताराबहादुर डिसी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी लगायतले बधाई ज्ञापन तथा सम्मान गरेका थिए ।

प्रतिकृया

प्रतिकृया