डि.आर.एन.तुलसीपुर
१०  वैशाख / तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाले जेठ १ गते देखि आफ्ना ग्राहकलाई ई–सेवाबाट सेवाप्रदानगर्ने भएको छ ।

जिल्लामै पहिलो पटक ईसेवा प्रणाली लागु गर्न लागेको संस्थाले आजमंगलवार ईसेवासंग सहमती गरी आफ्नो सेवालाई ईन्टरनेट प्रविधिसंग जोड्न लागेको हो ।

संस्थाका सचिवमनोज लामिछानेको संयोजकत्वमा ईसेवालागु गर्न लागिएको सदस्य रञ्जनराज गौतमले जानकारी दिएका छन ।


ADVERTISEMENT

 



ईसेवा प्रणाली सुरु भएपछि अव सम्पूर्ण ग्राहकहरुले घरमै वसेर पनिखानेपानिको महशुलतिर्न सक्ने लामिछानेले जानकारी दिएका छन ।

ईसेवाको तर्फबाट बजार प्रमुखकमल सापकोटा र खानेपानी संस्थाबाट सचिवमनोज लामिछानेद्धारा हस्ताक्षर भई आज सहमति भएको हो ।

प्रतिकृया

प्रतिकृया