शंकर के सी,सल्यान
१० बैशाख/ सल्यान रुकुम यातायात ब्यवसायी समिति अव प्रालिमा रुपान्तरण हुने भएको छ ।

आगामी जेठ १८ गतेदेखि प्राइभेट कम्पनीबाट संचालन हुने भएको जनाइएको छ ।

मंगलवार समितिका अध्यक्ष अरबिन्द कुमार राइको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


ADVERTISEMENT

 



संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएको सल्यान रुकुम यातायात ब्यवसायी समितीलाई कम्पनी दर्ता ऐन २०६३ को दफा ९(१)को उपदफा १ को(क) थप गरि २०७५ फाल्गुन १९ गते प्रमाणीकरण सहित प्राइभेट कम्पनीमा रुपान्तरण गरि सल्यान रुकुम यातायात प्रा.लि रहेको र सोहि नाम बाट आगामी जेष्ठ १८ गते देखी आफुहरुले सेवा आरम्भ गर्ने अध्यक्ष राईले बताए ।

यातायात ब्यवसायी राष्ट्रिय महासंघको परिपत्र अनुसार आफुहरुले समितिलाई प्रा.लिमा रुपान्तरण गर्न लागेको उनले बताए ।सल्यान रुकुम यातायात ब्यवसायी समिती प्रा.लिमा परिमार्जन भएपछि पनि आफुहरुले प्रभावकारी ढंगले सेवा प्रदान गर्ने समितिका बरिस्ठ उपाध्यक्ष डम्बरबहादुर कंवरले बताए ।

उनले सल्यान जिल्लाको पुरानो र भरपर्दो एकमात्र समिती सल्यान रुकुम यातायात ब्यवसायी समिति भएकाले यसलाई आफुहरुले नयाँ तरिकाले बिस्तार गर्ने बताए ।

बैठकबाट केहि समय अगाडि अन्य प्रा.लिहरुमा गएका कर्मचारी र आफ्नो समितिको कार्यमा नआउने केहि कर्माचारीहरुलाई समिति बाट अबकाश गरिएको समितिका महासचिव लाल बहादुर बुढाथोकीले बताए ।

यस्तै समितिको कानुनी सल्लाहकारमा थलराज भण्डारी र प्रेस सल्लाहकारमा दिपसागर भण्डारीलाई पुनः नियुक्त गरिएको नि उनले जानकारि गराए ।

सो बैठकमा जिल्लामा रहेका यातायात ब्यवसायीहरुको समस्यालाई हल गर्ने र समितिको अन्य ब्यवस्थापन र यात्रुमुखी सेवा प्रदान कसरी गर्न सकिन्छ भन्ने बारेमा बृहत छ्लफल गरिएको सल्यान रुकुम यातायात ब्यवसायी समितिका कोषाध्यक्ष रन्जित कुमार राईले बताएका छन् ।

प्रतिकृया

प्रतिकृया