ओमप्रकाश गुप्ता,सिसहनियाँ
१० बैशाख / दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ को विकट बस्तीका टोल टोलमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

चालु आर्थिक वर्ष २०७५।०७६ को दोस्रो चौमासिक अन्र्तगतको सामाजिक सुरक्षा भत्ता बैंकको टोली सहित विकट बस्ती पुनखोला, थकरीकोट, करङगेकोटमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

एनआईसी बैंक सिसहनियालाई वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरणका लागि टोल टोलमा जान अनुरोध गरेपछि बैंकका कर्मचारीको टोलीले २४ जना नागरिकलाई सुरक्षा भक्ता वितरण गरेको वडा अध्यक्ष गोवर्धन रावतले बताए ।


ADVERTISEMENT

  



जेष्ठ नागरिक १२ जना, एकल महिला १० जना र अति असक्त्त २ जना लाई टोल टोलमै गई सामाजिक सुरक्षा भक्ता वितरण गरिएको र आगामी दिनमा विकट तथा सुगम स्थानका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई घरघरमै सेवा पु¥याउन बैक लागि रहेको टोलीमा खटिएका एनआईसी बैंक सिसहनियाका निमित्त शाखा प्रमुख कमल अर्यालले जानकारी दिएका छन् ।

प्रतिकृया

प्रतिकृया