घोराही,
११-बैशाख /  घोराही उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरु प्रारम्भिक कक्षाबाटै शैक्षिक सुधारको योजनामा लागेका छन् ।

नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय, युएसएआईडीको सहयोगमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम मार्फत नगरका सामुदायिक विद्यालयहरु योजना बनाएरै शैक्षिक गुणस्तर सुधारमा लागेका हुन् ।

साविकका तीन वटा स्रोत केन्द्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुलाई भेला गराई कक्षा १, २ र ३ मा प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु गरी विद्यालय सुधार योजना कार्यान्वयनमा छलफल सुरुभएको छ ।


ADVERTISEMENT

 



बुधबार पहिलो दिन साविक रामपुर स्रोत केन्द्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुको विचमा विद्यालय सुधार योजनामा प्रारम्भिक कक्षा पढाई क्रियाकलाप समाबेश गर्न सहभागितामूलक समिक्षा र योजना तर्जुमा गोष्ठी सञ्चालन गरिएको छ । विहिबार र शुक्रबार रझेना तथा नारायणपुर स्रोत केन्द्रहरुका बिचमा समिक्षा तथा योजना निर्माणका बिषयमा छलफल हुने छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शैक्षिक गुणस्तर बृद्धी पहिलो सुधार भएको बताए । शिशु कक्षाबाटै शिक्षण सिकाईमा परिबर्तन ल्याउन आबस्यक रहेको भन्दै शिक्षकहरुले जिम्मेवारीलाई बच्चाको भविष्य सँग दाँजेर हेर्न आबस्यक रहेको बताए ।

घोराही उपमहानगर सामाजिक विकास समितिका संयोजक भरत अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नारायण पौडेलले शिक्षामा गुणस्तरीयता ल्याउन योजना बन्नुपर्ने बताए ।

व्यवस्थित योजना बिना रिजल्ट सकारात्मक आउन नसक्ने भन्दै उहाँले दैनिक कार्य र पाठयोजना अनुसार पढाउन शिक्षकहरुलाई आग्रह गरे । त्यसैगरी, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम संयोजक हल्लुप्रसाद चौधरीले अधिकतम शैक्षिक सामाग्रिको प्रयोगले मात्रै शिक्षण सिकाईमा सुधार ल्याउने बताए । बर्ष दिन पढाउने पाठ्यपुस्तकको योजना कार्यान्वयनले मात्रै शिक्षामा सुधार ल्याउने भन्दै उहाँले रमाईलो पढाईबाटै दिगो सिकाई हुने धारणा राखे ।

प्रतिकृया

प्रतिकृया