तुलसीपुर,
११-बैशाख /  तुलसीपुर स्थित राप्ती बबई क्याम्पसका प्रमुख युवराज रावतलाई कार्यकक्षमै थुनेको प्रति कांग्रेस निकट नेपाल बिद्यार्थी संघले बिरोध जनाएको छ ।

मंगलबार कम्युनिष्ट निकट दुई बिद्यार्थी संगठनले क्याम्पस प्रमुखलाई थुन्नु अभद्र ब्यबहार भएको भन्दै नेबिसंघ राप्ती बबई क्याम्पस ईकाई समितिले बिज्ञप्ति जारी गरि बिरोध जनाएको हो ।

क्याम्पस प्रमुख जस्तो ब्यक्तिलाई कार्यकक्ष मै अमानवीय तथा अमर्यादित व्यवहार गर्नु गैर राजनीतिक चरित्र रहेको बिज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

 





शैक्षिक क्षेत्रमा विधि र प्रक्रिया विपरित अनावस्यक क्रियाकलाप दोहोरीन गएमा नेविसंघले जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बिज्ञप्तिमा उल्लेख छ ।

नेबिसंघ ईकाई सभापति रोहित न्यौपानेले जारी गरेको बिज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।

मंलवार अनेरास्वबीयू र क्रान्तिकारीले आफ्ना शैक्षिक सुधारका लागि गरिएका मागका बिषयमा २४ घण्टा अल्टिमेटम दिएको भएपनि कुनै सुनुवाई नगरेको भन्दै तालाबन्दी गरेको थियो ।

प्रतिकृया

प्रतिकृया