ओमप्रकाश गुप्ता, भालुवाङ
११-बैशाख /  राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले स्वास्थ्य क्षेत्रमा नागरिकले अनाहकमा दुख पाउन नहुने बताएका छन् ।

लालमटिया स्वास्थ्य चौकी भालुवाङका प्रमुख झवीलाल कडेलले राखेको समस्या तथा अवस्थाका विषयमा जानकारी गराउदा अध्यक्ष सुवेदीले सो कुरा बताए ।

उनले बजेट अभाव छ भनि नागरिकको उपचारमा दिनुपर्ने न्युनतम सेवा सुविधा नरोक्न, मातृशिशु सुरक्षा तथा प्रसुती सेवालाई प्रभाबकारी बनाउन निर्देशन समेत दिएका छन् । अध्यक्ष सुवेदीले गाउँपालिका मार्फत तत्काल गर्न सकिने ब्यवस्थाको समन्वय गर्न गाउँपालिका प्रशासन तथा स्वास्थ्य शाखालाई जिम्मेवारी समेत दिएका छन् ।


ADVERTISEMENT

 



लालमटिया स्वास्थ्य चौकीको निर्माणाधीन भवन, खाली चौर , सरसफाई, पिउने पानी, विरामी विश्राम स्थल, प्रसुती कक्ष, औषधीको प्रर्याप्तता, एम्बुलेन्स सेवा, कर्मचारीको अवस्था लगायतका विषयमा स्वास्थ्य शाखाका संयोजक नारायण राउत र सहसंयोजक नवराज शर्माले लालमटिया स्वास्थ्य चौकी प्रमुख कडेललाई अवगत गराउन आग्रह गरेका थिए ।

लालमटिया स्वास्थ्य चौकीको निर्माणाधिन भवनको निर्माण कार्यमा ढिलासुस्ती भएको पाइएकोमा अध्यक्ष नुमानन्द सुवेदीले कार्य स्थलबाटै निर्माण जिम्मा पाएको ठेकेदारलाई फोन मार्फत काम छिटो गर्न निर्देशन दिएका छन् ।

अनुगमनमा लालमटिया स्वास्थ्य चौकी संञ्चालक समितिका पदाधिकारीको समेत सहभागीता रहेको र गाउँपालिकाको जिम्मेवार पदाधिकारीलाई स्वास्थ्य चौकीको अवस्थामा सुधार ल्याउन सहयोग गर्न समेत आग्रह गरिएको संञ्चालक समितिका उपाध्यक्ष कमल केसीले बताए ।

लालमटिया स्वास्थ्य चौकीको हालको अवस्था, गति प्रगतिको वारेमा बुधवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा, वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री लगायतको टोलीले लालमटिया स्वास्थ्य चौकीको विविध पक्षको सुधारका लागि गाउँपालिकाले अनुगमन गरेको हो ।

ब्ततबअजmभलतक बचभब

प्रतिकृया

प्रतिकृया