रोल्पा
१७ बैशाख/ रोल्पामा मंगलबार पुनः बम बिस्फोट भएको छ ।

प्रदेश नं. ५का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बिहान ११ बजेतिर बम बिस्फोट भएको प्रहरीले बताएको छ ।

मुख्यमन्त्री पोखरेल हिँडेको गैरीगाउँस्थित राँकडाँडामा बमबिस्फोट भएको हो ।


ADVERTISEMENT

 



सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागि हुन जाँदै गर्दा सडक नजिकै जंगलमा बम बिस्फोट भएको रोल्पा प्रहरीले बताएको छ ।

रोल्पामा सोमबार भएको बिस्फोटको जिम्मा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ ।

प्रतिकृया

प्रतिकृया