रुकुम (पश्चिम)
२६ वैशाख/ घुससहित रुकुम पश्चिममा एकजना कर्मचारी पक्राउ परेका छन् ।

चौफा सवडिभिजन वन कार्यालय, चौरजहारी, रूकुम पश्चिममा कार्यरत फरेस्‍टर महेन्द्र बिसी पक्राउ परेका हुन् ।

कटान आदेशको काममा सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निज फरेस्‍टर महेन्द्र बिसीलाई सेवाग्राहीबाट सात हजार घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।


ADVERTISEMENT

 



मुसीकोट नगरपालिका १ रूकुम पश्चिमस्थित कालिका मन्दिर नजिकको विमला खाजा घरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता मदन कोइराला जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया