सल्यान
२६ बैशाख/ सल्यान कपुरकोटमा रहेको नारि विकास वचत तथा ऋण सहकारि संस्थाले कृषि क्षेत्रमा सबै भन्दा बढि लगानी गरेको जनाएको छ ।

११ औँ वार्षिक साधारणसभाको अवसरमा विहिबार आयोजित कार्यक्रममा प्रवन्धक हिमा गिरीले सहकारिको कुल पुँजी २९ लाख ८६ हजार ८८५ रुपैयाँ मध्ये २४ लाख ५० हजार ८ सय ५६ रुपैयाँ कृषिमा लगानी गरिएको बताइन् ।

महिलाहरुले सञ्चालन गरेको र महिलाहरु मात्रै सदस्य रहेको यस सहकारिले महिलाहरुलाइ कृषि मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले कृषि क्षेत्रमा लगानी गरिएको संस्थाका अध्यक्ष ललीता गिरीले जानकारि दिइन् ।


ADVERTISEMENT

 



कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले कपुरकोट गाउँपालिका कृषिको राम्रो सम्भावना भएको क्षेत्र भएको अवगत गराउँदै सहकारि मार्फत कृषिको विकास गर्नुपर्नेमा जोड दिएका छन ।

साथै महिलाहरुले सञ्चालन गरेको यस सहकारिले महिलाहरुको आयआर्जनमा टेवा पुग्ने उदाहरणिय कार्यक्रमहरु ल्याउनुपर्ने धारणा राखेका छन ।

कार्यपालिका सदस्य यमुना नेपालिको समेत सहभागीता रहेको कार्यक्रममा चित्रा देवि खड्काले स्वागत मन्तव्य राखेकी थिइन् । सहकारिले २२१ जना सदस्य रहेको जनाएको छ ।

प्रतिकृया

प्रतिकृया