शंकर के सी,सल्यान
२९ बैशाख/ सल्यानमा वन्यजन्तुबाट भएको क्षतीको राहत रकम वितरण गरिएको छ । वन्यजन्तुले वालीनालीमा क्षती पुर्याएका किसान र वन्यजन्तुको आक्रमणमा परि घाइते भएकाहरुलाइ डिभिजन वन कार्यालय सल्यानले राहत रकम वितरण गरेको हो ।

जिल्लामा मकै वालिमा बँदेलले क्षती पुर्याएका १३ जना किसानलाइ राहत रकम वितरण गरिएको डिभिजन वन कार्यालय सल्यानका रेन्जर अञ्जना शर्माले जानकारि गराइन् । उनले भनिन्, ‘क्षतीको आधारमा किसानलाइ ८ हजार देखि १० हजार सम्म राहत उपलब्ध गराइएको छ ।’

वन्यजन्तुले वालीमा क्षती गराए वापत राहत रकम पाउने सबै कपुरकोट गाउँपालिकाका मात्रै किसान रहेका छन् । निवेदन नै नआएकाले अन्य क्षेत्रका किसानले राहत नपाएको उनको भनाइ छ ।


ADVERTISEMENT

  



यस्तै जंगली जनावर भालुको आक्रमणबाट घाइते भएका शारदा नगरपालिका ५ निवासि सुजन थापालाइ उपचार खर्च वापत ३१ हजार १२९ र सोहि ठाउँ निवासि भिम कुमारि श्रेष्ठलाइ ५८ हजार ९८४ रुपैयाँ उपलव्ध गराइएको पनि रेञ्जर शर्माले बताइन् । चितुवाको आक्रमणमा परि घाइते शारदा नगरपालिका १२ का राधिका वोहोराले पनि उपचार खर्च प्राप्त गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन संरक्षणमा वक्ताहरुको जोड
कपुरकोट क्षेत्रका पिडित किसानलाइ आइतबार एक कार्यक्रमका विच राहत रकम हस्तान्तरण गरिएको हो । राहत रकम हस्तान्तरण गर्दै गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले किसानहरु बरम्बार पिडित बनीरहनुपरेको भन्दै जंगली जनावरको आतंकबाट हैरान भएका किसानलाइ उचीत राहतको ब्यवस्था हुनुपर्नेमा जोड दिए ।

कपुरकोट गाउापालिकाका प्रमुख समेत रहेका सेनले किसानको हित हुने खालको वन ऐन, नियम बनाउनका लागी आफुहरु क्रियाशिल भइरहेको बताए ।

कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्माले पछिल्लो समय हिउदे बर्खे र नगदे बालिलाई समेत असर पुर्याउने गरी बाँदर, दुम्सि, बँदेल, मृग, चितुवाले किसानहरुलाइ हैरान पारिरहेको अवगत बनाए ।

उद्यपि वन विनास हुँदा जंगली जनावरहरु आहाराको लागी किसानको खेत बारितर्फ जाने गरेको बताउँदै जंगलको संरक्षणमा सबैको ध्यान जान जरुरी रहेको उनले बताए ।

विरजंग ओलीले सहजीकरण गरेको कार्यक्रममा डिभिजन वन कार्यालय सल्यानका रेन्जर अञ्जना शर्मा, कपुरकोट ३ का वडाध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का वडाध्यक्ष हरिलाल पुन, पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य सन्तोष घर्ती, महासंघकै सल्यान जिल्ला सचिव शंकर के सी लगाएतले वन संरक्षण तथा वनमा आगलागीका घटना हुन नदिन सबै सक्रिय बन्न र सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

वन्यजन्तुबाट हुने क्षतीको राहत सहयोग निर्देशिका २०६९ को तेश्रो संसोधन २०७५ अनुसार बाँके राष्ट्रिय निकुञ्जले रहत रकम उपलव्ध गराएको हो । सम्बन्धीत किसानको खेतबारिमै कृषि कार्यालयका प्राविधिकहरुले क्षतीको मुल्यांकन गरेर वन कार्यालय मार्फत वन निर्देशनालय सुर्खेत पठाइएको थियो । वन निर्देशनालयले बाँके राष्ट्रिय निकुञ्जलाइ आवश्यक कागजात सहितको फाइल पठाएपछि निकुञ्जले राहत रकम निकासा गरेको थियो ।

((

प्रतिकृया

प्रतिकृया