तिर्थराज ज्ञवाली,देउखुरी
२९ वैशाख/ राप्ती गाउँपालिकाका सामुदायिक विद्यालयका कक्षा १ देखी ३ सम्मका विद्यार्थीको सिकाई उपलब्धीका वारेमा सोमवार २९ विद्यालयमा परिक्षा लिईने भएको छ ।

ई जि आर पी कक्षा सञ्चालन भएका विद्यालय तथा तालीम प्राप्त शिक्षक शिक्षिकाद्धार कसरी पढाईयो र विद्यार्थीले कसरी सिके भन्ने विषयमा विद्यार्थीको शिकाई उपलब्धिको मापन गर्न परिक्षा लिईने आईतवार विद्यालयका प्रधानाध्यापकहरु संगको अभिमुखीकरण कार्यक्रममा जानकारी गरिएको छ ।

शैक्षिक सत्र २०७५मा कक्षा १ देखी ३ सम्मका विद्यार्थीले सिकेको तरिका थाहा पाउन परिक्षा दिन लागीएको शिक्षा शाखाका फनेन्द्रराज देवकोटाले जानकारी दिए ।


ADVERTISEMENT

  



परिक्षा दिने, सोध्ने, लिने, बताउन लगाउने, प्रश्न गर्ने तरीका, उत्तर दिने तरिका, लेख्ने शैली, बोल्ने शैली, हाउभाउ, अक्षर चिन्ने तरिका, चिनाउने तरिका लगायतको विषयमा विद्यार्थीको परिक्षा लिईने बताईएको छ ।

राप्ती गाउँपालिका सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यतामा आयोजित प्रधानाध्यापकहरु संगको अभिमुखीकरण कार्यक्रममा शिक्षा शाखा अधिकृत बिस्वास विक तथा ई जि आर पीका जिल्ला संयोजक हल्लु प्रसाद चौधरी सहजिकरण गरेका थिए ।

प्रतिकृया

प्रतिकृया