देउखुरी
३० वैशाख/
देउखुरीको राप्ती गाउँपालिका १ बगासोती गाउँलाई घर भित्रको धुवारहित गाउँ भएको घोषणा तथा सौर्य खानेपानी उद्घाटन समेत गरिएको छ ।

राप्ती गाउँपालिका, विकास कोष नर्बे र नामसालीङ विकास केन्द्रको संयुक्त पहलमा बगासोतीमा घर भित्रको धुवा रहित गाउँ तथा सौर्य खानेपानीको कार्य सम्पन्न गरि सुरुवात गरिएको छ ।

सुन्दर बस्ती हँुदाहुदै पनि खानेपानीको समस्या रहेको बगासोती गाउँमा यस आर्थिक वर्षको बजेट तथा कार्यक्रम अनुसार राप्ती गाउँपालिका, विकास कोष नर्बे र नामसालीङ विकास केन्द्रको संयुत्त पहलमा ३१ घर धुरीलाई प्रसस्त पुग्ने गरि सौयै उर्जाको प्रयोगबाट लिफ्टीङ विधिबाट दुई वटा टंकी निर्माण गरि पानीको ब्यवस्था गरिएको छ ।


ADVERTISEMENT

 



घर घरमा सुधारीएको चुलो, घरघरमा सुद्ध पानी पुराउने उदेश्यका साथ राप्ती गाउँपालिका, विकास कोष नर्बे र नामसालीङ विकास केन्द्रको संयुक्त पहलमा कार्य गरिएको हो ।

घर भित्रको धुवा रहित गाउँ भएको घोषणा तथा बगासोति शौर्य खानेपानी उद्घाटन कार्यक्रम राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर १ का कार्यबाहक अध्यक्ष श्यामलाल पोख्रेल, नामसालीङका टिम लिडर हिराबहादुर घले,बुद्धिजिवी लालमहोमद मिया,कमल केसी, सुनिल बस्नेत, डम्मर बहादुर गाहा, पदम पुन, नामसालीङका धनेन्द्र भण्डारी, पोषणराज निरौला, शशाङ बाबु आचार्य, स्मृति देवकोटा, धर्म यादव, धनकुमारी चौधरी, बगासोती गाउँबासी लगायतको सहभागीता रहेको थियो ।

प्रतिकृया

प्रतिकृया