दाङ
१ जेठ/ दाङको विकट क्षेत्र राजपुर गाउँपालिका वडा नं. ३ मा ल्याब सेवा शुरु भएको छ ।

त्यस क्षेत्रमा ल्याब सेवा नहुँदा सेवा लिनका लागि बिरामीहरु लमही पुग्नु पर्ने बाध्यता रहेको भन्दै बिरामीहरुको सहज सेवालाई मध्येनजर गरि राजपुर ३ स्थित बेला स्वास्थ्य चौकीमा ल्याव सेवा शुरु गएिको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताए ।

गाउँपालिकाको तीनलाख लगानीमा ल्याबका लागि आबश्यक पर्ने मेसिनहरु खरिद गरिएको गाउँपालिका अध्यक्ष केसीको भनाई छ । उनका अनुसार अब मासिक सातसयसम्मले सेवा लिन सक्ने क्षमताको मेसिन खरिद गरिएको छ ।


ADVERTISEMENT

  



अब जन्डिस, सुगर, युरिक एसिड, दिशा पिसाब, खकारलगायतको जाँच गर्न सकिने बेला स्वास्थ्य चौकीका ईञ्चार्ज सचेन्द्र कुमार यादवले बताए ।

ल्याब सेवाका गाउँपालिका अध्यक्ष लोकराज केसीले उद्घाटन गरेका हुन् । ल्याब सेवा शुरु भएपछि स्थानीयहरु भने खुसी भएका छन् ।

प्रतिकृया

प्रतिकृया