शरद रेग्मी,तुलसीपुर
१ जेठ/ तुलसीपुर नगर जेसिजले जेसिज सप्ताह गर्ने भएको छ । जेसिजले सप्ताहको अवसरमा बिभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

आज जेसीजले रिपोटर्स क्लव तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जेठ २ गते देखि सप्ताह शुरु गर्ने जनाएको छ । तुलसीपुर नगर जेसीजका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जेठ २ गते सप्ताहको उदघाटन तुलसीपुरको समिक्षालयमा गर्ने जनाएको छ ।

उक्त दिन रगत परिक्षण तथा रक्त समुह छुटाउने गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि सप्ताहको दोस्रोदिन मावि दोघरेमा ईलेक्ट्रीकल फिल्टर हस्तान्तरण कार्यक्रम ,तेस्रो दिन अर्थात जेठ ४ गते तुलसीपुर उपमहानगर पालिका वडा नम्वर १४ को भोजपुरमा निशुल्क स्वास्थ्य शिविरको आयोजन गर्ने जनाएको छ ।


ADVERTISEMENT

  



्त्यसैगरि जेठ ५ गते तुलसीपुर भित्रने ४ वटै नाकाहरु दक्षिणको वडा नम्वर १३ , उत्तरको वडा नम्वर ३ ,पश्चीमको माथिल्नो वाटोमा वडा नम्वर १ ,पश्चिमकै तल्लो वाटो वडा नम्वर २ र पुर्वका वडा नम्वर १८ मा स्वागतद्धारा स्थापना गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारि गराईएको थियो ।

त्यसैगरि जेठ ६ गते तुलसीपुरको होटल वेष्टर्न प्यालेशमा लागु औषध दुव्र्यशनी न्युनिकरण सम्वन्धि कार्यक्रम गर्ने ,जेठ ७ गते तुलसीपुरमा निशुल्क मोवाईल मर्मत तालिम संचालन गर्ने र जेठ ११ गते कार्यक्रमको समापन गर्ने कार्यक्रमर रहेको छ ।

उक्त दिन तु्लसीपुर ४ मा रहेको चमेरे गुफाको प्रर्वद्धनका लागि अन्र्तक्रिया तथा वनभोजको आयोजना गरिएको जेसीज सप्ताह मुल आयोजक समितिका संयोजक केशव केसिले पत्रकार सम्मेलनमा जानकारि गराए ।

पत्रकार सम्मेलनका जेसीजका अध्यक्ष मेघराज घिमिरे ,रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी ,प्रवक्ता नारायण भट्टराई लगाएतकाले मन्तब्य ब्यक्त गरेका थिए । पत्रकार सम्मेलनको सहजीकरण जेसीजका महासचिव मोहन स्वर्णकाले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया