तुलसीपुर,
५-जेठ /  तुलसीपुर नगर जेसिजले तुलसीपुरका बिभिन्न स्थानमा स्वागत वोर्ड स्थापना गरेको छ ।

सप्ताह कार्यक्रम अन्तर्गत चौथो दिन तुलसीपुर उपमहानगरपालिाक वडा नं. १ को पातेटाकुरा खोलामा वडा न १ का वडा अध्यक्ष लक्षण भण्डारीको प्रमुख आतिथ्यमा, वडा न २ को बागर खोलामा वडा न २ का अध्यक्ष राजु आचार्यको प्रमुख आतिथ्यमा, वडा न ३ स्थित राम्रीमा वडा न ३ का अध्यक्ष बिजय बिकको प्रमुख आतिथ्यमा, वडा न १३ स्थित अमिलिया भञ्ज्याङमा वडा अध्यक्ष डम्बर न्यौपानेको प्रमुख आतिथ्यमा र वडा न १८ स्थित मज्गैमा वडा न. १८ का अध्यक्ष माधब ओलिको प्रमुख आतिथ्यमा वोर्ड स्थापना गरिएको हो ।

अध्यक्ष मेघराज घिमिरेको अध्यक्षतामा तथा प्रबक्ता एवं स्वागत बोर्ड स्थापना कार्यक्रमका संयोजक नारायण भट्टराईको स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमका बीच बोर्डहरु राखिएको हो ।


ADVERTISEMENT

  



जेसिज सप्ताहको बारेमा मुल संयोजक केसबराज पोख्रेलले जानकारी गराएका थिए, भने सहजीकरण मेघराज पोख्रेलले गरेका थिए । साथै पुर्णबिक्रम डाँगी र बसन्त भण्डारीले जेसिजको आस्थापाठ गराएका थिए ।

प्रतिकृया

प्रतिकृया