तुलसीपुर
५ जेठ/ तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा र डिएफआईडीको आर्थिक सहयोग, भिएसओ नेपाल र ईन्टरनेशनल अलर्टसँगको साझेदारीमा

माहुरी होम कपिलवस्तु द्धारा सञ्चालित सहज परियोजनाको परिचयात्मक बैठक तथा परियोजना सल्लाहकार समिति गठन गरियो ।

 तुलसीपुर उपमहानगरपालिकाका प्रमुख तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गठित कार्यदलका संयोजक घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा माहुरी होम कपिलवस्तुका कोषाध्यक्ष जयप्रका शगुप्ताले स्वागत गर्नुका साथै संस्थाको बारेमा जानकारी प्रदान गरेका थिए ।


ADVERTISEMENT

  



त्यसैगरि ईन्टरनेशलन अलर्टका बरिष्ट सुरक्षा तथा न्यायअधिकृत बिष्णु नेपालीले न्यायतथा सुरक्षा सुदृढीकरणका लागिएकिकृत कार्यक्रम , सहज परियोजनाको बारेमा जानकारी गराउनुका साथै न्यायिक समिति र प्रहरीले दिने सेवाको गुणस्तरीयतालाई थप मजबुतगर्न तथा समुदाय र न्यायिक निकायहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन सामाजिक जवाफदेहीताको औजार समुदाय अंकपत्रको बारेमा जानकारी दिएका थिए ।

सुरक्षा र न्याय सेवामाबाधकका रुपमा रहेकानकारात्मक सामाजिक मान्यतालाई हटाउदै सिमान्तकृत समुदायको न्यायमा पहुच स्थापित गर्ने लक्ष्य सहित यस तुल्सीपुर उपमहानगरपालिकाको वडा नं। १७ र १८मा सञ्चालनहुने सहज परियोजनालाई व्यवस्थित गर्न तथा लैंगिक हिंसामा कामगर्ने निकायहरु सँगको समन्वयलाई बलियो बनाउनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गठित कार्यदलको उप समितिको रुपमा रहने गरि तुल्सीपुर उपमहानगरपालिकाका उपमेयर माया शर्र्माको संयोजकत्वमा, वडा नं। १७र १८का वडाध्यक्ष, न्यायिक समितिकाअन्य सदस्य, महिला बालबालिकातथा जेष्ठ नागरिक शाखा, लैंगिक हिंसा निगरानी समुह, लैंगिक हिंसा विरुद्ध कामगर्ने स्थानीय संस्था, स्थानीय सञ्चारकर्मी सदस्यहुनुका साथै ईलाकाप्रहरी कार्यालयका प्रमुख सदस्य सचिव रहने गरि परियोजना सल्लाहकार समिति गठन गरियो ।

सो कार्यक्रमको उपमहानगरका प्रमुख पाण्डेले परियोजनालाई आवश्यक पर्ने कुनैपनि सहयोगमा कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यकमको सहजीकरण चालन महुरी होमका कार्यक्रम अधिकृत पार्वती नेपालीले गरेकी थिईन् ।

प्रतिकृया

प्रतिकृया