बाँके,
१३-जेठ /  बाँकेमा स्कुटर दुर्घटना हुँदा एक ब्यक्तिको मृत्यु भएको छ । सोमबार दिउँसो भएको स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका २१ तेलनीपुरुवा भन्ने ठाउँमा सोमबार दिउँसो साढे दुई बजे तिर भे ५ प ४३१४ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार नेपालगन्ज २० का ४७ बर्षिय जाहेद अलि मनिहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक मनिष चौधरी घाइते भएका छन् । उनको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । तिब्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।


ADVERTISEMENT

 


प्रतिकृया

प्रतिकृया