ओमप्रकाश गुप्ता, भालुवाङ
१७-जेठ /  दाङ देउखुरीको राप्ती गाउँपालिकाले गर्मी बढेको भन्दै चार दिन बिद्यालय बन्द गरेको छ ।

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकका अनुसार गाउँपालिकाको शिक्षा शाखाले जेठ १७ गतेदेखि २० गते सम्म गाउँपालिका भित्रका सामुदायिक र निजि बिद्यालयहरु बन्द गरेको हो ।

वर्षे विदालाई कटौती गरी शैक्षिक सिकाईमा असर नपर्ने गरी विद्यालय बन्द गरेको हो ।


ADVERTISEMENT

   


प्रतिकृया

प्रतिकृया