रुकुम(पश्चिम),
१७-जेठ /  रुकुम पश्चिम चौरजहारी नगरपालिकाल पूर्ण खोप सुनिश्चित घोषणा भएको छ ।

नगरपालिकाभित्रका १२ देखि २३ महीनासम्मका सबै बालबालिकाले एक वर्षको उमेरभित्र पाउनुपर्ने सबै खोप पाएपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

नगरप्रमुख विशाल शर्माले नगरलाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरे । नगरका १४ वडामा रहेका ४५२ जना बालबालिकाको सर्वेक्षण गर्दा उनीहरु सबैले पाउनुपर्ने सबै खोपको मात्रा पाएको भेटिएको नगर स्वास्थ्य संयोजक अकवीर घर्तीले जानकारी दिए ।


ADVERTISEMENT

  



उनका अनुसार नगर स्वास्थ्य शाखाले १४ वटै वडामा पुगेर यसबारेमा सर्वेक्षण गरेको थियो । नगरलाई पूर्ण खोप सुनिश्चित घोषणापछि अब नगरका बालबालिका खोपको अभावमा मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे । स्वस्थ नगर निर्माणमा यस अभियानले सहयोग पुग्ने पनि उनले बताए ।

प्रतिकृया

प्रतिकृया