रिता लामा,  दाङ
१८-जेठ /  घोराही उपमहानगरपालिका वडा नम्वर ७ सौडीयारमा शनिबार आयोजना गरिएको बृहत स्वास्थ्य शिविरबाट एक सय ८२ जना विरामीको स्वास्थ्य जाँच गरिएको छ ।

परिवार नियोजन दाङ शाखाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । शिविरमा स्त्री रोग सम्बन्धी महिलाहरुको पाठेघरको मुखको क्यान्सर, परिवार नियोजन सेवा, यौन रोगको उपचार तथा परामर्श, प्याथोलोजि सेवा संचालन भएको छ ।

नेपाल परीवार नियोजन संघ दाङको आयोजना तथा दाङ देउखुरी इट्टा ब्यवसायि संघका अध्यक्ष रोम वलिको विशेष आर्थिक सहयोगमा शिविर भएको हो ।


ADVERTISEMENT

  


 


ब्यवसायि वलिले शिविरका लागि औषधि सौजन्य गरेका थिए । सो अवसरमा वोल्दै वलिले शिविरमा आफ्नोतर्फवाट सहयोग गर्न पाँउदा आफु निकै खुसि भएको भन्दै यस्ता सामाजिक काममा आफु सदैव सहयोग गर्ने प्रतिवद्धता जनाए ।

शिविरमा एक सय ५९ महिला र २३ जना पुरुषको स्वास्थ्य जाँच भएकोमा ६९ जनाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ जाँच गरिएको नेपाल परिवार नियोजन संघका प्रबन्धक बसन्त खनालले बताए । उहाँले एक जना महिलाको पाठेघरमा रिङ राखिएको छ भने स्वास्थ्य जाँचको अबस्थामा ७ जना महिलाहरुको पाठेघर खस्ने समस्या देखिएको बताए ।

शिविरबाट ४४ जनाको दाँत सम्बन्धी उपचार, ५१ जनाले प्याथोलोजी सेवा लिएका छन् । शिविरमा स्त्रीरोग विशेषज्ञ डा। समिक्षा डिसी, दाँत रोग विशेषज्ञ डा। अभिषेक शर्मा, स्टार्फ नर्सहरु सरिता तामाङ, सृजना ज्ञवाली, अनमी आशा बस्नेत, स्वास्थ्यकर्मीहरु सन्ध्या गौतम, आशा शर्माले सेवा दिएका थिए । निशुल्क स्वास्थ्य शिविरमा व्यवसायी रोम वली, पन्थी डेन्टल क्लिनीक घोराही, नेशनल प्याथ ल्याप एण्ड रिसर्व सेन्टरले प्राविधिक सहयोग गरेका छन् भने सौडियार सामुदायिक सिकाइ केन्द्र, वडा नम्वर ७, सौडियार स्वास्थ्य चौकी, न्यु मोर्डन एकेडेमि सौडियारको संयोजनमा शिविर संचालन भएको हो ।

शिविरको एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । परिवार नियोजन दाङ शाखाका उपाध्यक्ष भरतराज देवकोटाको अध्यक्षता एवम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विनोद विक्रम शाहको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको थियो । शिविरको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले आफ्नो घर आगन मै आएको स्वास्थ्य विशिवरको धेरै भन्दा धेरै लाभ लिनको लागि स्थानियलाई आग्रह गरेका थिए ।

कार्यक्रममा व्यवसायी रोम वली, वडा नम्वर ७ का वडा सदस्य छन्दबहादुर केसि, पत्रकार नविन अभिलाषी, न्यु मोर्डन एकेडेमिकी सुनिता सुवेदी, सौडियार सामुदायिक सिकाई केन्द्रका कार्य समिति सदस्य शुभद्रा भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । परिवार नियोजना दाङ शाखाका प्रबन्धक बसन्त खनालको स्वागत मन्तव्यबा सुरु भएको कार्यक्रमको सहजिकरण सौडियार सामुदायिक सिकाइ केन्द्रका निसानदाजु भट्टराइले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया