रुकुम (पूर्व),
२२-जेठ /  जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले कम्प्युटरबाट नागरिकता वितरण सुरु गरेको छ ।

नयाँ जिल्ला स्थापना भएको करिब २० महिनासम्म हस्तलिखित नागरिकता प्रदान गर्दै आएकोमा मंगलबारदेखि कम्प्युटर प्रविधिबाट नागरिकता वितरण सुरु
गरिएको हो ।

२०७४ असोज १९ मा नयाँ जिल्ला स्थापना भएको थियो । सेवाग्राहीहरुलाई सुरक्षित, छरितो र भरपर्दो सेवा प्रदान गर्न र कार्यालयको अभिलेख व्यवस्थित गर्न कम्प्युटर प्रविधिबाट नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

 



ADVERTISEMENT

  


 


गृह मन्त्रालयबाट कम्प्युटर, प्रिन्टर, सफ्टवेयर लगायतका उपकरणको सुविधा प्राप्त भएपछि कम्प्युटर प्रविधिबाट सेवा सुरु गरिएको उनको भनाइ छ ।

प्रतिकृया

प्रतिकृया