लालमटिया,
२२-जेठ /  दाङ लालमटिया स्थित राप्ती प्राबिधिक शिक्षालयले बिश्व वातावरण दिवसमा बृक्षा रोपन गरेको छ ।

प्रदेश नं. ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माको सहभागितामा जामुनोको बिरुवा रोपिएको हो । साथै शिक्षालय प्रमुख मोतिलाल चौधरीले वातावरण दिबसको शुभकामना समेत दिएका थिए ।

उनले पृथ्वीको तापक्रम बढ्दै जाँदा वातावरणमा असन्तुलन पैदा हुदै गएको भन्दै पृथ्वीको तापक्रम सन्तुलनमा राख्न वन, वातावरण तथा जैविक विविधताको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।


ADVERTISEMENT

  



जलबायू परिबर्तन अनुकुलनमा राख्न वृक्षारोपणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विद्यार्थी कल्यानकारी समितिका अध्यक्ष नेत्रबिक्रम ओलीले बताए ।

त्यहाँ करिब पाँचसय बिरुवा रोपिएको थियो । राप्ती प्राविधिक शिक्षालय मौरीघाटका प्रमुख मोतिलाल चौधरीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।

प्रतिकृया

प्रतिकृया