घोराही,
२४-जेठ /  दाङको घोराहीमा मधुमेह, थाईराईड तथा हर्मोन रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ ।

रोटरी क्लव अफ दाङ र त्रिभुवन नगर जेसिजको संयुक्त आयोजनामा दुई दिने शिविर शुक्रबार देखी सुरुभएको छ ।

शिविरमा मधुमेह, थाईराईड तथा हर्मोन रोग सम्बन्धि बिषेशज्ञ डा. अशुंमाली जोशि सहित स्थानिय स्वास्थ्यकर्मीहरुले बिरामीको जाँच गर्नुभएको छ । शिबिरमा स्वास्थ्य जाँच गर्नेहरुको चाप रहेको छ ।


ADVERTISEMENT

  


 


स्वास्थ्य जाँचका लागि करिब ४ सय जनाले नाम दर्ता गराएका छन् । रोटरी क्लव अफ दाङका अध्यक्ष डा.निरञ्जन आचार्यको अध्यक्षता एवं राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकूलपति डा. संगिता भण्डारीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको बिशिष्ट आतिथ्यतामा शिबिरको उद्घाटन गरिएको हो ।

शिबिरमा १० दिन सम्मका लागि औषधी निशुल्क दिने, निशुल्क ब्लड सुगरको जाँच, ओमपोलीक्लिनिकमा ३ महिने सुगर ज्द्यब्ज्ञऋ र थाईराईड परिक्षणमा ५ सय रुपैयाँ छुट दिईको छ ।

जेसिजको सचिवालयमा सुरुभएको शिबिरमा शनिबार बिहान ७ बजे देखी मध्यान्न १२ बजे सम्म स्वास्थ्य जाँच गर्ने कार्यक्रम रहेको छ । साथै पहिलो दिन शुक्रबार राती सम्म बिरामीहरुले लाईनमै बसेर उपचार सेवा लिएको पनि जेसि प्रदिप सुबेदीले बताएका छन् ।

त्रिभुवन नगर जेसिजका अध्यक्ष बसन्तराज अधिकारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण जेसिजका महासचिब रोशन दाहालले गर्नुभएको थियो ।

शिबिरमा ओम पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक प्राली ल्याव पाटनरमा रहेको छ भने प्राबिधिक सहयोग तर्फ काठमाडौ डाईविटिक एण्ड थाईराईड सेन्टर प्राली र अल्का अस्पताल प्राली काठमाडौ रहेका छन् ।

प्रतिकृया

प्रतिकृया