लक्ष्मण बस्नेत, हेकुली
२४-जेठ /  दाङ दंगीशरण गाँउपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता २०७६ को रनिङ शिल्ड सिद्ध पृथ्वी जनता माबि श्रीगाँउले हात पारेको छ ।

दंगिशरण गाँउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित प्रतियोगितामा सर्वाधिक ९ स्वर्ण,३ रजत र ३ कास्य पदकका साथ माबि श्रीगाँउले रनिङ शिल्ड चुम्न सफल भएको हो ।

माबि श्रीगाँउ संग एक स्वर्ण पदकले पछाडी परेको बिरेन्द्र माबि हेकुली ८ स्वर्ण ७ रजत र ४ कास्य पदक हात पार्दै उपविजेता चित्त बुझाउन बाध्य हुदा मा.बि. मधपुर ६ स्र्वण, ७ रजत र ४ कास्य पदक साथ तृतिय स्थान हासिल गर्न सफल भयो ।


ADVERTISEMENT

  



प्रतियोगितामा गाँउपालिका भित्र स्थापित निजी तथा सामुदायिक गरि ६ विद्यालय विच एथ्लेटिक्स, भलिबल र कबडी खेलमा कडा प्रतिस्पर्धा भएको थियो । यसैविच तिन दिन सम्म संचालित प्रतियोगिताको सुक्रबार समापन गरिएको छ ।

समारोह दंगिशरण गाँउपालिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता तथा संघिय सांसद हिरा चन्द्र केसीको प्रमुख आतिथ्यमा भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद केसीले मौगोलिक भुवनोट र हावापानीका दृष्टीकोणले पुर्ण दाङ जिल्लालाई खेलकुदको गन्तव्यका रुपमा बिकास गर्नु पर्ने बताए ।

खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धीमा यसको महत्वपुर्ण भुमिका छ, त्यसैले आजै देखि खेल विकासमा जुटौ दाङ खेलकुदको गन्तव्य अवश्य बन्नेछ उनले भने । अव स्थानिय तहले ग्रमाणी स्तर बाटै खेल विकासको स्पष्ट खाँका कोर्दै यसको विकासमा चासो र चिन्तन गर्नु पर्ने उनको भनाई छ । साथै उहाँले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नु पर्ने बताए । । कार्यक्रममा गाँउपालिका अध्यक्ष भागिराम चौधरीले बालवालिकाको सर्वाङगीन विकासको आधारशिला खेलकुद क्षेत्रको विकासमा आँफु लागि पर्ने बताए ।

सो अवसरमा बिजेता, उपविजेता विद्यालय, खेलाडी तथा उत्कृष्ट खेलाडी एथ्लेटिक्स छात्र तर्फ ज्ञानोदय बोर्डिङ स्कुल सरुवाडाँडाका अर्जुन नेपाली, छात्रा तर्फ शिद्ध पृथ्वी जनता माबि श्रीगाँउकी सुनिता डाँगी, भलिबल छात्र तर्फ बिरेन्द्र माबि हेकुलीका प्रदिप खत्री, छात्रा तर्फ सिद्ध पृथ्वी जनता माबिकी सपना डाँगी, कबडी छात्र तर्फ सिद्ध पृथ्वी माबिका प्रविण चौधरी र छात्रा तर्फ बिरेन्द्र माबि हेकुलीकी कैलाशपती चौधरीलाई कार्यक्रमका प्रमुख अतिथी, अतिथी लगाएतले शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन गाँउपालिका कार्यालयका रेशम के.सी.ले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया