ओमप्रकाश गुप्ता, भालुवाङ
२५-जेठ /  घोराही उपमहानगरपालिका वडा नम्बर १३ वनगाउँ बस्ने वीरबल वलीले नेकपा विप्लप पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

वलीलाई नेकपा विप्लपको कार्यकर्ता भएको आशंकामा गत २०७५ चैत्र २४ गते घोराहीबाट प्रहरीले पक्राउ गरेको थियो ।

पेशाले शिक्षक रहेका वली रुकुमको एउटा विद्यालयमा कार्यरत छन् ।


ADVERTISEMENT

  



उनलाई बैशाख १७ गते देखि जेठ १४ गते सम्म रोल्पा लिवाङमा लामो हिरासतमा राखी प्युठान पठाइएको थियो ।

यहि जेठ २३ गते उच्च अदालत तुलसीपुरले बन्दीप्रत्यक्षीकरण रिटबाट रिहा गरेको थियो । तर प्रहरीले तत्काल पक्राउ गरी इप्रका भालुवाङमा पुन हिरासतमा राख्न पठाएको थियो ।

वलीले शुक्रवार भालुवाङमा पत्रकार सम्मेलन गरी आफु विगतमा पनि विप्लप नेकपामा संलग्न नभएको र अव पनि नरहने भन्दै एक विज्ञप्ती जारी गरेका छन् ।

वलीलाई माथिको निर्देशनमा शुक्रवारनै हिरासत मुक्त गरी आफन्तको जिम्मा लगाइएको इप्रका भालुवाङका प्रहरी निरिक्षक रविन्द्रराज पाण्डेले जानकारी दिएका छन ।

प्रतिकृया

प्रतिकृया