कपिल लामिछाने,तुलसीपुर
२८ जेठ/ शहिद पुष्ष, नारायण, कृष्ण स्मृतिको सम्झनामा तुलसीपुर १८ मा भएका बिभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

शुक्रबाररदेखि सुरु भएको प्रथम वडाकप फुटबल तथा कबर्डी प्रतियोगीताको मंलवार समापन गरिएको छ ।

फुटबल प्रतियोगीतामा ९ वटा टिमको सहभागिता रहेका र उक्त खेलमा माल बिजौरी टोल बिकास संस्थाले प्रथम स्थान हासिल गरेको छ भने त्रिशक्ती टोल बिकास संस्था बासडवराले दोस्रो र धर्मशाला टोल बिकास संस्था हेमन्तपुरले तेस्रो स्थान हासिल गरेका छन् ।


ADVERTISEMENT

  



त्यस्तै पुरुष तर्फको कबर्डी प्रतियोगीतामा बालुवा टोल बिकास संस्थाले पहिलो र त्रिशक्ती टोल बिकास संस्थाले दोस्रो भएका छन । त्यसैगरी महिला कबर्डी प्रतियोगितामा वालुवा टोल बिकास संस्थाले प्रथम स्थान हासिल गरेको छ ।

फुटबल प्रतियोगीताको प्रथम हुने समुहलाई नगद ७ हजार सहित प्रमाणपत्र, मेडल दोस्रो समुहलाई नगद ५ हजार प्रमाणपत्र,मेडल, कप र तेस्रो भएको टिमलाई प्रमाणपत्र र फुटबल प्रदान गरिएको थियो भने कबर्डी प्रतियोगीतामा प्रथम,द्धितिय र तृतिय महिला पुरुषलाई क्रमस नगद २ हजार,प्रमाणपत्र, मेडल, कप र नगद २ हजार र दोस्रो भएका खेलाडीहरुलाई नगद २ हजार प्रमाणपत्र मेडल प्रदान गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को आर्थिक सहयोग एवं तुलसीपुर उपमहानगरपालिका वडा नं १८ युवा सञ्जालको आयोजनामा भएको उक्त प्रतियोगीतामा कबर्डी तर्फ उत्कृष्ट खेलाडी उमेश परियार, फुटबलमा उत्कृष्ट गोल रक्षक केम बुढा मगर र उत्कृष्ट गोलकर्ताका रुपमा रविन चौधरीलाई घोषणा गरि मायाको चिनो प्रदान गरिएको थियो ।

समापन एवम् पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का अध्यक्ष माधव वलीले स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्दै खेलाडीहरुलाई अनुशासित तरिकाले खेल सम्पन्न गरेकोमा बधाई अनि आगामी दिनहरुमा पनि यस्तै कुशलता पुर्वक खेल खेलेर वडाको मात्रै नभएर समग्र दाङको नाम रोशन हुनेगरी खेल खेल्न आग्रह गरे ।

अध्यक्ष वलिले वडामा खेलाडीहरु उत्पादन गर्नका लागी बिभिन्न ठाँउमा खेल मैदान बनाउने लक्ष्य राखेको र छिट्टै नै यो बिषयमा छलफल गरि अघि बढ्ने बताए । कार्यक्रममा उद्योग बाणिज्य संघ बिजौरीका अध्यक्ष मुकेश वली तुलसीपुर उपमहानगरपालिका वडा नं १९ कम्युनिष्ट पार्टिका सचिव लेखनाथ खत्री लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया

प्रतिकृया