सुशील बस्नेत,दाङ
२८ जेठ/ तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा कुपोषित एक सय ३८ जना वालवालिका फेला परेका छन् ।

ती मध्ये ४७ जना वालवालिका मात्र सम्पर्कमा आएको स्वास्थ्य महाशाखाले जनाएको छ । बाँकी ९१ जना कुपोषित वालवालिकाहरु सम्पर्कमा नआएका स्वास्थ्य चौकी टरीगाँउका फोकल पर्सन रेणु केसीले जानकारी दिईन् ।

युएआईडिको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको सुआहारा कार्यक्रमको मंगलबार वडा नम्वर १० को राईखलीयानमा गरिएको कडा सिघ्र कुपोषणको उपचार तथा घरायसी ब्यबस्थापन सम्बिन्ध अभिमूखिकरणमा केसीले सम्पर्कमा आएका ४७ जना मध्ये निको भएका १३ जना,डिफल्टर अर्थात उपचार गर्दा गर्दै आउन छोडेका २२ जना,अन्य अस्पतालमा थप उपचारका लागि पठाएका ७ जना र औषधि खाई रहेका ५ जनाको तथ्याक प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

  



२०७४ चैत ७ गतेदेखि २०७६ जेठ २७ गते सम्मको सिघ्र कुपोषणको एकिकृत ब्यबस्थापन कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा कुल ६ हजार ९ सय ८ जना वालवालिकाहरु रहेका स्वास्थ्य महाशाखा तुलसीपुरले जानकारी दिएको हो ।

११ वटा वडाको केन्द्र टरीगाँउ केन्द्रमा अझै ९१ जना कुपोषित वालवालिकाहरु सम्पर्कमा आउन नसकेको बताउनुभयो । बाँकी ८ वटा वडाको केन्द्र मानपुरमा पनि कुपोषित वालवालिकाहरुको संख्या रहेको सुआहाराले जनाएको छ ।

सो अवसरमा सहभागि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले कुपोषित वालवालिकाहरुको संख्याले अबस्था चिन्ताजनक रहेको बताउनुभयो । टरीगाँउ केन्द्र अन्तर्गत ११ वटा वडाका १ सय ३९ जना मध्ये बढी संख्यामा सम्पर्कमा नआउनु चिन्ताको बिषय भएको बताए ।

उनले अवको काम भनेको किन सम्पर्कमा आएनन्,आएकाहरु औषधि उपचार गर्दागर्दै किन छोडे भन्ने बारेमा अध्ययन गर्नुपर्ने सुझाब दिए ।

कुपोषित बच्चालाई नियमित उपचार र पोषणयुक्त आहारा खुवाई निको भएका आमाहरु देवी चौधरी,लेखा श्रेष्ठ लगायतले नियमित उपचार गर्दा सुपोषित हुने बताए ।

वडा नम्वर १० का अध्यक्ष कुमार लामिछानेको अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा सुआहारका जिल्ला संयोजक सुरज शर्मा,स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर गोर्कण दाहाल,बेस नेपालका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले आ आफ्ना बिचार राखेका थिए ।

कुपोषित वालवालिकालाई नियमित उपचार बिधि अवलम्वन गरि निको पार्ने १३ जना आमाहरुलाई सम्मान गरिएको थियो । त्यस्तै स्वास्थ्य चौकी टरीगाँउका प्रमुख पार्वति थारु र सोही स्वास्थ्य चौकीकी फोकल पर्सन रेणु केसीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य महाशाखाका बिष्णु गिरीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया