तुलसीपुर
२८ जेठ/ दाङमा चन्दा असुल गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

दाङ घोराही उपमहानगरपालिका वडा नं. २ निवासी ५३ बर्षीय शिवलाल बिकलाई चन्दा असुल गरेको आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको हो ।

‘सामाजिक रुपातन्त्रणका लागी हाम्रो अभियान’को नाममा रसिद काटी उक्त संस्थावाट सदस्यता प्राप्त गरे पश्चात बाख्रा, वंगुर समेत निःसुल्क मिल्छ भनी बिभिन्न प्रलोभन देखाएर चन्दा काटिरहेको अबस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

   


साथै उनको साथबाट दुईथान रसिद, छाप एउटा , ६ सय रुपैँया बरामद गरिएको छ ।

उनलाई मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा १४ वमोजिम दिन पाँच दिन म्यादथप गरि आवश्यक अनुसन्धान कार्य अगाडी वढाईएको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया