तुलसीपुर
३१ जेठ/ ‘रक्तदान गरौँ जीवन उपहार दिऔं’ भन्ने नाराका साथमा तुलसीपुरमा रहेको संस्कार पाठशाला दाङले विश्व रक्तदाता दिवस मनाएको छ ।

रक्तदान मानव जीवनको सवैभन्दा पुण्य काम भएको भन्दै कार्यक्रमको आयोजना गरिएको विद्यालयका शैक्षिक संयोजक रवि चापागाईले वताए । उनले वालवालिकाहरुलाई रक्तदानका वारेमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको पनि जानकारी दिए ।

जनचेतनाका कारण रक्तदाताको संख्या पछिल्लो समय वढ्दै गएको छ । वालवालिकाहरुलाई प्रेरित गर्नका लागि पनि रक्तदान कार्यक्रमलाई प्राथमिकता दिइएको संयोजक चापागाईको भनाई छ ।


ADVERTISEMENT

  



सो अवसरमा विद्यालयका शिक्षक, पत्रकार लगायत १७ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेहरुमा पत्रकार संगित वस्याल, वसन्त आचार्य , ज्ञानज्योतिका शैक्षिक संयोजक शरद गौतम, विद्यालयका प्रतिज्ञा अधिकारी, खगेश्वर भण्डारी,मिन्नु चौधरी, रोशन पाण्डे,अजय चौधरी, रवि चापागाई, लगायतका रहेका छन् ।

प्रतिकृया

प्रतिकृया