घोराही,
३१-जेठ /  घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले शुक्रबार सार्वजनिक सुनुवाई तथा सुझाब संकलन गरेको छ ।

वडा कार्यालयमै एक कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाई गरेको हो ।

वडाका कार्यबहाक अध्यक्ष जगत श्रेष्ठको अध्यक्षता एवं उपमहानगर पूर्बाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलको प्रमुख आतिथ्यता र वडा प्रहरी प्रमुख शशि शर्माको बिशिष्ट आतिथ्यतामा सार्वजनिक सुनुवाई गरिएको हो ।


ADVERTISEMENT

   


कार्यक्रममा कार्यबहाक अध्यक्ष श्रेष्ठले चालु आर्थिक बर्षका ४६ वटा योजना मध्य ९५ प्रतिशत योजनाहरु सम्पन्न भैसकेको जानकारी दिए ।

बाँकी ५ प्रतिशत योजनाहरु अन्तिम चरणमा रहेको बताए । साथै वडाले आगामी आर्थिक बर्षका लागि योजनाहरुको टोल विकास समिति मार्फत माग गरेको छ ।

कार्यक्रममा सहभागि वडाबासीले विकासका लागि आफुहरु सकृयपूर्बक काममा खटिने भन्दै आबस्यकतामा आधारित विकासमा लाग्नु पर्नेमा जोड दिएका छन् । वडाको चौतर्फि विकासका लागि अब योजना छनोटका क्रममा विषेश ध्यान दिन वडा सरकारलाई सुझाब समेत दिएका छन् । कार्यक्रमको सहजिकरण सचिब नारायणप्रसाद शर्माले गरेका थिए  ।

प्रतिकृया

प्रतिकृया