तुलसीपुर,
६-असार /  एनप्याव्सन दाङको आयोजनामा शुक्रबारदेखि दुईदिने मन्टेश्वरी तालिम तुलसिपुरमा शुरु भएको छ ।

एनप्यावसन दाङका अध्यक्ष भिम बहादुर वुढाथोकीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतित्थ्य एवं प्रशिक्षक प्रतीक्षा गौतमको विशिष्ट आतित्थ्यमा तालिमको उदघाटन गरिएको हो ।

त्यस अवसरमा वक्ताहरुले स–साना वालवालिकाहरुलाई वोझिलो नभई रमाइलो हुने तरिकाले पढाउनुपर्ने बताएका थिए ।


ADVERTISEMENT

 



उपाध्यक्ष भोजराज न्यौपानेले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संहजीकरण सचिव ठाकुरप्रसाद डागीले गरेको बरिष्ठ उपाध्यक्ष बिमल गौतमले जानकारी दिए । तालिममा एनप्याव्सन दाङमा आवद्ध ४० विद्यालयका झण्डै ८० जना शिक्षिकाहरुको सहभागिता रहेको छ ।

प्रतिकृया

प्रतिकृया