दिप्तीशिखा चौधरी, दंगीशरण
११-असार /  दाङको दंगीशरण गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकिमा आयोजना गरिएको पाठेघर चेकजाचँ सम्बन्धि शिविरमा तीनसय जना महिलाहरुले सेवा लिएका छन् ।

जसमा २ सय ३७ जनाले पाठेघर क्यान्सर भए-नभएको जाचँ गराएका थिए । त्यसमध्ये ९ जनामा पाठेघर क्यान्सर पोजेटिभ देखिएको छ ।

यस्तै, पाठेघरको खुखमा सुन्निएको ६९ जना, पिसाव थैली बाहिर निस्किएको ४ जना योनी सुन्निएको ३४ जना, पाठेघर सुन्निएको २० जना, योनीबाट पानी बग्ने ६ जना, योनी बाट गन्हाउँने पानी बग्ने ९ जना, महिनावारी हुँदा पेट दुख्ने ११ जना, बढि रगत बग्ने तीन जना, पाठेघरको मुखमा माशु पलाएको पलाएको ९ जना, योनीमा मासु पलाएको ६ जना भेटिएका थिए ।


ADVERTISEMENT

 



त्यस्तै शिविरमा पाचन सम्बन्धी समस्या १ जना, पिसाव नलिको समस्या भएको १५ जना, रगत बग्ने समस्या भएको तीन जना भेटिएका थिए । यस्तै आङ् खस्ने समस्या भएका २ जना, पाठेघर केहि तल झरेको २२ जना, पाठेघर योनीको मुखसम्म झरेको २२ जना, पाठेघर योनीकोभन्दा बाहिर झरेको ५ जना रहेका छन् । जसमध्ये ६ जनालाई रेफर गरिएको थियो ।

यस्तै ९ जनाको पाठेघरको मुखमा क्यान्सरको छनौट परिक्षण गरिएको थियो । शिविरमा १५ देखि १९ वर्षका २ जना, २० देखि ५९ बर्षका २ सय ८६ जना ,६० वर्ष माथिका १२ जना महिलाले पाठघरको चेकजाचँ गराएको ईलाका स्वास्थ्य चौकि हकुलीका प्रमुख टेक बहादुर खत्रीले बताए ।

शिविरमा प्राथमिक स्वास्थ्य चौकी बागरका रविन गौतमले चेकजाचँ गरेका थिए । महिलाहरुमा पाठेघरको समस्या भएपनि बाहिर खुल्न नसकेकाले महिलाहरु पठेघर संक्रमणको शिकार हुँदै भएको भन्दै महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको गाउापालिकाका अध्यक्ष भागीराम चौधरीले बताए ।

यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले महिलाहरु पाठेघर सम्बन्धि रोग पालेर बस्ने तर चेकजाचँ गर्न लाज मान्ने कारणले धेरै महिलाहरुले दुःख पाएको भन्दै महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिवीरको आयोजना गरेको बताईन् ।

प्रतिकृया

प्रतिकृया