लक्ष्मण बस्नेत, दाङ
१३-असार /  तुलसीपुर उपमहानगरपालिका अन्तर विद्यालय स्तरीय राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता २०७६ को उपाधी गोरखा माबि तुलसीपुरले हात पारेको छ ।

पशुपति माबि हरीपौराको आयोजनामा संञ्चालित प्रतियोगितामा सर्वाधिक २० स्वर्ण,३ रजत र १ कास्य पदकका हात पार्दै गोरखा मावि तुलसीपुरले रनिङशिल्डको उपाधी चुम्न सफल भएको हो ।

माबि गोरखासंग १७ स्वर्ण पदकले पछाडी परेको महेन्द्र माबि तुलसीपुर ३ स्वर्ण ४ रजत पदक हात पार्दै उपविजेतामा चित्त बुझाउन बाध्य हँुदा गुरु जजुर मबि ३ स्वर्ण र १ कास्य पदकका साथ तृतिय स्थान हासिल गर्न सफल भयो ।

 



ADVERTISEMENT

  


 


त्यस्तै १ स्वर्ण र ४ रजत र २ कास्य रजत पदक सहित माबी भ्युडर सुनपुरले सान्त्वना स्थान हासिल ग‍-यो । प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा स्थापित निजी तथा सामुदायिक गरि ३५ विद्यालयबीच एथ्लेटिक्स, भलिबल र कबडी खेलमा प्रतिस्पर्धा भएको थियो । यसैबीच तीन दिनसम्म संचालित प्रतियोगिताको सुक्रबार समापन गरिएको छ ।

सो अवसरमा बिजेता, उपविजेता विद्यालय, खेलाडी तथा उत्कृष्ट खेलाडी एथ्लेटिक्स छात्र तर्फ गोरखा माबि तुलसीपुरका सिमान्त पाण्डे, छात्रा तर्फ गोरखा माबि तुलसीपुरकी सिमा चौधरी, भलिबल छात्र तर्फ ग्रेट अरनीको स्कुल तुलसीपुरका राजेन्द्र बिक, छात्रा तर्फ गोरखा माबिकी निलिमा गौतम, कबडी छात्र तर्फ माबी कालाखोलाका युब राज बिक र छात्रा तर्फ सहिद स्मृति माबिकी अस्मिता बोगटि लाई कार्यक्रमका प्रमुख अतिथी, अतिथी लगाएतले शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

यसैविच गोरखा माबि तुलसीपुरले प्रतियोगिता स्थल पशुपती माबि हरिपौराको खेलमैदान सरसफाई गरेको छ । शिक्षा तथा खेलकुदको क्षेत्रमा आफुँलाई अम्बल रुपमा प्रस्तुत गर्दै आएको विद्यालयका खेलकुद शिक्षक मोहन सुनारको नेतृत्वमा झण्डै १ सय ५० विद्यार्थीको सहभागितामा सरसफाई गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया