ध्रुवराज न्यौपाने,तुलसीपुर
१४ असार/ एसइइको नतिजा सार्वजनिकसंगै अहिले सरकारी तथा निजि कलेजहरु कक्षा ११ मा विद्यार्थीहरु भर्ना गराउन निकै दौडधुपमा लागेका छन् । कलेजहरु जसरी पनि आफ्नो कलेजमा विद्यार्थी संख्या बढाउनुपर्ने मान्यतामा हुन्छन् । दाङमा मात्रै होईन्, यो समस्या देशभर नै छ ।

व्यापक प्रतिस्पर्धा देखिने शिक्षामा गुणस्तर भन्दा पनि विद्यार्थी संख्यामा धयान दिने गरिएको छ । यसले शैक्षिक गुण्स्तरमा निकै धक्का पुग्ने गरेको छ । कलेजहरु नतिजाको पर्खाईमा हुन्छन् । नतिजा सार्बजनिक हुन पाएको हुँदैन्, कलेजहरु प्रचारमा खटिन्छन् ।

अहिले कति कलेजहरु पर्चा, पम्लेट बाड्दै हिडेका छन् त कतिले विद्यार्थीहरुकै घरमा धाउन भ्याएका छन् । विद्यार्थीरुलाई आफ्नो कलेजमा भर्ना गराउन विभिन्न प्रलोभन दिदै कलेजहरु अस्वस्थ प्रतिस्पर्धामा उत्रेका छन् । एसइइ उत्तीर्ण भएको एउटै विद्यार्थीलाई कलेजहरुले आफ्नो कलेजमा भर्ना हुनुपर्छ भन्दै विभिन्न प्रलोभन समेत दिने गरेका छन् । एउटै विद्यार्थीलाई दिनमा ७÷८ पटक फोन आउछ,४÷५ वटा कलेजहरु घरमै पुग्छन् । यसले गर्दा विद्यार्थीलाई प्रत्येक्ष तथा अप्रत्यक्ष रुपमा मानसिक असर गरिरहेको हुन्छ ।


ADVERTISEMENT

 



कलेजहरुले विद्यार्थीहरुलाई झुटा अस्वासन बाँड्छन्, यसले विद्यार्थीमा कुन बिषय पढ्ने, कहाँ पढ्ने भन्ने बिषयमा अन्यौलता सिर्जन हुन्छ ।

कलेजले आफ्नो जनशक्तिलाई विद्यार्थी संख्या बृद्धिका लागि खटाएको हुन्छ । कसैको काम भनेको दिनभरी विद्यार्थीहरुलाई फोन गर्ने छ भने कसैको दिनभरी विद्यार्थीहरुको घरमा जाने र कतिको पम्पलेटहरु टास्दै हिड्ने । यसरी गुणस्तरीय शिक्षा प्रदान गर्नेभन्दापनि आफ्नै कलेजमा विद्यार्थी संख्या बढाउन कुनै पनि हतकण्डा अपनाउन तयार हुनु भनेको शिक्षाकालागि सुखद मानिदैन् ।

विद्यार्थीले कुन कलेजमा के विषय पढ्ने भनेर एक खालको मानसिकता बनाईसकेको वेला कलेजहरु यसरी लाग्नुले उसको मानसिकतामा पनि परिवर्तन भएको पाईन्छ । अहिले बिभिन्न छुटको अफर ल्याएर बिद्यार्थीाई झुक्याउने गरिएको छ, यसले बिद्यार्थीहरुलाई सजिलै मानसिक परिबर्तन समेत गर्न सक्छ । कलेजहरु विभिन्न छुट दिने प्रलोभनमा विद्यार्थीहरुलाई आफुले थापेको जालोमा पार्न कसरत गरिरहेका छन् । तर यो सरासर गलत प्रवृति हो र यसलाई समयमानै नियमन गर्न सम्वन्धित निकाय लाग्नुपर्ने बाञ्छिनिय देखिन्छ ।

दाङमा रहेका ठुलै नाम कहलिएका कलेजहरुले पनि यस्तो कार्य गर्दै आएको पाईन्छ । कक्षा ११ को भर्नाको समयमा कलेजले विद्यार्थीहरुलाई विभिन्न झुठा आस्वासन दिएर आफ्नो कलेजमा भर्ना गराउने,निशुल्क पढाउने,विभिन्न खाले छुटको कुरा गरी विद्यार्थीहरुलाई जसरी भएपनि आफ्नै कलेजमा भर्ना गराउन लागि पर्छन् तर पछि गएर कक्षा ११ मा दिएको छुट पनि जोडेर कक्षा १२ मा असुल्ने गरेको गुनासो वेला वेला प्सल टु उर्तिण गरेका विद्यार्थीहरुले गर्दै आएका छन् ।

भर्नाको समयमा भने विभिन्न कुरा गर्छन त्यसपछि कक्षा ११ को रजिस्ट्रेसन फाराम भरेपछि कुनै वास्तै हुदैन एक जना विद्यार्थीले भने । अझ कक्षा १२ मा गएपछि त विभिन्न शिर्षकको वाहानामा कक्षा ११ मा दिएको छुट पनि असुल्ने गर्छन कलेजहरु । त्यसकारण कक्षा ११ मा भर्ना हुदा सबै कुरा बुझेरमात्र भर्ना हुन ११-१२ उर्तिण गरिसकेका विद्यार्थीहरु बताउछन् ।

यसैगरी शिक्षा महाशाखा तुलसीपुरका प्रमुख भाष्करराज गौतमका अनुसार कक्षा ११ मा विभिन्न प्रलोभन दिएर भर्ना गराउने र त्यो देखाएको प्रलोभन पुरा नगरेको गुनासो आए तुरुन्त उक्त कलेजलाई कारवाहि हुने बताउछन् । साथै उनले तुलसीपुर उपहानगरपालिकाले छात्रवृत्ति वितरण सम्वन्धि निर्देशिका तयार पारेको र उक्त निर्देशिकाको अधिनमा रहि कलेजहरुले छात्रवृत्ति वितरण गर्नुपर्ने बताए । उनले समावेशी ढाँचामा निर्माण गरिएको निर्देशिका बमोजिम काम गर्न कलेजहरुलाई आग्रह पनि गरे ।

साथै शिक्षा प्रमुख गौतमले सुरुमा विद्यार्थी भर्ना गराउनको लागि दिएको आस्वासन पुरा नगर्नु भनेको विद्यार्थीहरुलाई एकखालको धोका भएको भन्दै यसरी विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकारमाथि कसैले आर्थिक चलखेल गर्न खोजे कडा कारवार्हि हुने चेतावनी समेत दिए । उनले विद्यार्थीहरुलाई कलेजमा भर्ना हुँदा उनीहरुले दिएको आस्वासनलाई एउटा प्रतिवद्धता पत्रमा लिखित रुपमा हस्ताक्षर गरी एक प्रति आफुले पनि राख्न अभिभावक तथा विद्यार्थीहरुलाई अनुरोध गरे । यसरी दिएको प्रलोभनलाई पछि गएर पुरा नगरको भन्दै अभिभावक तथा विद्यार्थीहरु गुनासो सहित आए कारवाहिको प्रक्रिया अगाडि बढाउने गौतमले बताए ।

प्रतिकृया

प्रतिकृया