सल्यान,
१९-असार /  सल्यानमा शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख नहुँदा सेवाग्राहिले समस्या ब्यहोर्नुपरेको छ ।

गत असार १० गते २५ हजार घुस रकम सहित प्रमुख धन बहादुर ओली रंगेहात पक्राउ परेपछि कुनै निमित्त र प्रमुख नतोकिदा सेवाग्राही मारमा परेका हुन् ।

अहिले शिक्षा कार्यालय सल्यानमा सुचना अधिकारी सुम्मीना महर्जन र अन्य केहि कार्मचारी मात्रै छन् ।


ADVERTISEMENT

 



यी कर्मचारीले गर्न मिल्ने सामान्य काम बाहेक शिक्षाका अन्य सबै काम रोकिएका छन् । शिक्षामा काम परेर आएका एक शिक्षकले भनेका छन्, मेरो काम रोकिएको एक हप्ता भयो, कर्मचारीलाई सोध्दा हाकिम नहुँदा कामै चल्दैन् भन्नुहुन्छ । यसरी त शिक्षाको अवस्था के होला ?

प्रमुख पक्राउ परेपछि निमित्त नतोक्दा काममा समस्या भएको सुचना अधिकारी सुम्मीना महर्जनले बताइन् । सामान्य काम त म गर्छु तर प्रमुखले गर्न मिल्ने काम सबै रोकिएका छन्, उनले भनिन् ।

अस्थाई शिक्षक नियुक्ती, अनुमती लगाएतका सबै काम रोकिएका छन् । अझ शिक्षाको एसईई हेर्ने शाखामा कोहि नहुँदा त्यस बिषयमा आफुहरुलाई केहि थाहा नभएको उनले बताइन् । आउदो आइतबारसम्म प्रमुख आउने जानकारी आफुले पाएको उनले बताइन् ।

प्रतिकृया

प्रतिकृया