सल्यान,
२०-असार /  सल्यानको त्रिवेणी गाउँपालिका ६ लुहाममा स्वस्थ्य चौकीको भवनन निर्माण भएको छ ।

२५ बर्षअघि देखि भाडाको भवनबाट संचालनमा आएको लुहाम स्वस्थ्य चौकी अबदेखि आफ्नै भवनबाट संचालनमा आउने भएको हो ।

भवनको बुधबार एक कार्यक्रमबिच उद्घाटन गरिएको थियो । संघिय सरकारको १ करोड ३४ लाखको लागतमा २ बर्षमा निर्माण सक्ने गरि २०७४ भाद्र ८ गते सुलिकोट निर्माण सेवाले कामको जिम्मा पाएको थियो । तर उक्त कम्पनीले सम्झौता मिती अगावैनै काम सम्पन्न गरेपछि भवन प्रयोगमा आउने भएको छ ।


ADVERTISEMENT

 



२५ बर्षअघि देखि भाडाको भवनबाट संचालनमा आएको लुहाम स्वस्थ्य चौकी अबदेखि नयाँ भवन बनेसँगै आफ्नै भवनबाट संचालनमा आउने भएको हो । भवनको १४ वटा कोठा छन् ।

प्रतिकृया

प्रतिकृया