सल्यान
२२ असार/ सल्यानमा उत्पादन गरिएका टिमुरका बिरुवाको माग बढ्न थालेको छ । जिल्लामा उत्पादित टिमुरका विरुवाहरु निरोगी र स्वस्थ्य रहेकाले देशभित्रैबाट माग बढ्न थालेको हो ।

जिल्लामा उत्पादन भएका टिमुरका विरुवाहरु सबै क्षेत्रमा रोप्न सकिने र गुणस्तरीय भएकाले माग बढिरहेकाले जिल्लाका विभिन्न स्थानहरुमा विरुवा उत्पादनका लागि नर्सरी स्थापना गरिएको छ ।

विरुवाको माग बढ्न थालेपछि व्यावसायिक रुपमा टिमुरको नर्सरी स्थापना गरेर विरुवा उत्पादन गरिरहेको कपुरकोट गाउँपालिका–३ का तिलक शर्माले जानकारी दिए । ‘हामीले उत्पादन गर्ने विरुवाहरु गुणस्तरीय भएकैले ४० जिल्लाबाट रु तीन लाख बढी विरुवाको माग आएको छ माग अनुसार विरुवा पाउन पनि गाह्रो छ’ उनले भने ।

 



ADVERTISEMENT

  


 


उहाँले उत्पादन गरेका टिमुरका विरुवाहरु सङ्खुवासभादेखि बैतडीसम्मका ४० बढी जिल्लाबाट माग आएपनि मागअनुसारको आपूर्ति गर्न नसकेको बताए ।

टिमुरका प्रति विरुवा ४० का दरले विक्री भइरहेको बताउने शर्माले वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । टिमुर तथा फलफुलका विरुवा उत्पादन गर्दै आएका छत्रेश्वरी गाउँपालिका–२ बुरासेका तेजबहादुर योगीलाई पनि विरुवा पु¥याउन नसकेर हैरानी खेप्नुपरेको छ ।

नर्सरीमा उत्पादन भएका विरुवाहरु मुख्य मौसम नआउँदै विरुवाहरु सकिएपछि गुनासो गर्नेहरुको सङ्ख्या धेरै रहेको छ ।

समुन्द्र सतहदेखि १८ सय मिटर उचाइमा विरुवा उत्पादन गरिने भएकाले पनि माग बढेको उनको भनाइ छ । प्रतिविरुवा रु ५० देखि ६० सम्ममा विक्री गर्दै आएका योगीले वार्षिक १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

प्रतिकृया

प्रतिकृया