प्रतिष्ठानमा निशुल्क सुत्केरी गराउने ब्यवस्था छ : सहायक कार्यकारी निर्देशक डा. बसन्त लामिछाने


                                                                         बिज्ञापन
   



घोराही,
२३-असार / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट यस चालु आर्थिक वर्षको असार तेस्रो हप्तासम्म एक हजार बढि महीलाले प्रसुति सेवा पाएका छन् ।

प्रतिष्ठानले पुसदेखी असार २० गतेसम्म झन्डै एक हजार ६३ जना महिलाले प्रसुति सेवा पाएको जानकारी दिएको छ । प्रतिष्ठानका शाखा अधिकृत झंकार लामिछानेले प्रतिष्ठानमा सामान्य प्रसुती सेवा (नर्मल डेलिभरी) ६ सय ७, जटिल प्रसुति (सिएस डेलिभरी) २ सय ६ र अन्य जटिल प्रकारका २ सय ५० जना गरेर एक हजार ६३ जना महीलाहरुले प्रसुति सेवा पाएको जानकारी दिए ।

उनले प्रतिष्ठानले प्रसुतिमा कुनै प्रकारको शुल्क नलिएको भन्दै प्रतिष्ठानमा आएर ढुक्कका साथ प्रसुति गराउन सबैलाई अनुरोध गरेका छन। प्रतिष्ठानको शुल्क वारेमा अदालतमा मुद्धा परेपछि अहिले प्रसुतिमा कुनै शुल्क नलिईएको र प्रतिष्ठानको वारेमा राम्रा कामहरु भएपनि गलत अफवाह फैलाइएको उनले गुनासो गरे । त्यस्तै प्रतिष्ठानका सहायक कार्यकारी निर्देशक प्रसुति रोग विशेषज्ञ डा।बसन्त लामिछानेले प्रतिष्ठानमा सहजरुपमा प्रसुति सेवा जनताले पाइरहेको भन्दै प्रतिष्ठानको वारेमा गलत प्रचार गरीएको बताए ।

उनले प्रतिष्ठानमा मासिक करीव सामान्य देखी जटिल प्रकारका २ सय ५० बढिले प्रसुति सेवा लिइरहेको जानकारी दिए । प्रसुति रोग विशेषज्ञकारुपमा आफु एक्लै भएका कारण पनि अपेक्षितरुपमा सेवा दिन नसकिएको उनले बताए ।

‘जनअपेक्षित सेवा दिन नसकिएको कुरा ठिकै हो तर  प्रतिष्ठानमा सुत्केरी गराउन आएका कुनै पनि महीलाहरु फर्किएका छैनन्, सुत्केरी गराउन कुनै शुल्क पनि छैन, सामान्य सुत्केरी गराउदा औषधिमा ७ देखी ८ सय रुपैयाँ र जटिल प्रकारको (सिएस) गर्दा बढिमा २ हजार ५ सय रुपैयाँ मात्रै खर्च हुने गरेको बताए ।

आमा सुरक्षा कार्यक्रममा सरकारले बजेट नदिदा प्रतिष्ठान झन्डै एक करोड बढि ऋणमा रहेको र सुत्केरी गराउने महीलालाई सुत्केरी भक्ता दिन नसकिएको प्रतिष्ठानले जनाएको छ । साथै प्रतिष्ठानले पैसा आए सुत्केरी महीलाहरुलाई सुत्केरी भक्ता दिन प्रतिष्ठान तयार रहेको जानकारी दिएको छ ।

प्रतिकृया

प्रतिकृया