घोराही,
२४-असार /  घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले विभिन्न विद्यालयका हिंसाको जोखिममा परेका र विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको छ ।

वडा भित्र रहेका चार सामुदायिक र तीन निजि विद्यालयका ५६ जना बालबालिकालाई शैक्षिक सामाग्रि बितरण गरेको हो ।

आधारभूत विद्यालय सुनपुरका २१, मावि गोग्लीका १५, आधारभूत विद्यालय सवारीकोटका ८, प्रावि पालुथानका ३, सगमाथा इङलिस बोर्डिङ स्कुल, डिभाईन इङलिस बोर्डिङ स्कुल र अरनिको स्कुलका तीन तीन जना गरी ५६ जना छात्रछात्रालाई शैक्षिक सामाग्रि प्रदान गरिएको हो ।

 



ADVERTISEMENT

  


 


वडा अध्यक्ष भिमबहादुर सार्कीको अध्यक्षतामा कार्यक्रम गरी उनिहरुलाई झोला, कापि र कलम प्रदान गरिएको छ । विपन्न, गरिव, जेहेन्दार र हिंसाको जोखिममा परेका बालबालिको शिक्षालाई राम्रो बनाउन वडाले शैक्षिक सामाग्रिहरु दिएको अध्यक्ष सार्कीले बताए ।

भोलीका कर्णधार बालबालिकालाई कुनै पनि बहानामा शिक्षाबाट बन्चित हुन नदिने भन्दै उनले आज गरिने शैक्षिक लगानीले भोली देशले राम्रो जनशक्ति पाउने उल्लेख गरे ।

कार्यक्रममा वडा सचिब केशबराज थापाले नियमित विद्यालय आउने र पढ्ने बानीको विकास गर्ने सँगै अभिभाबकलाई जिम्मेवार बनाउन वडाले सहयोग गरेको बताए । वडा सदस्य भिमबहादुर कुँवरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सामाजिक परिचालक हेमराज पौडेलले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया