तुलसीपुर,
२४-असार /  दाङमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ ।

आफ्नै घर अगाडिको कुलामो खसेका तुलसीपुर ६ सितानगर टोल निवासी राजेन्द्र बिकका साढे २ बर्षीय छोरालाई सोही कुलोले बगाउँदा मृत्यु भएको प्रहरीले बताएको छ ।

मंगलबार दिउसो २ बजेतिर कुलोमा खसेका बिकलाई पाँचसस मिटर तल डिल्ली बजारमा डुबिरहेको अबस्थामा फेला पारिएको थियो । लगतै उपचारका लािग राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकालागि लगिएको थियो ।

 



ADVERTISEMENT

  


 


उनको उपचारकै क्रमा तीनबजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।

प्रतिकृया

प्रतिकृया