तुलसीपुर,
२५-असार /  घोराही उप-महानगरपालिका वडा नं ९ का स्थानीयहरुले सडक स्तोरन्नतीको माग गर्दै आन्दोलित भएका छन् ।

बर्षादमा हिलाम्मे र अन्य समयमा धुलाम्मे हुने भन्दै ढिकपुर-चैनपुर सडक खण्डलाई स्तोरन्नती गर्नुपर्ने स्थानीयको माग छ । बुधबार स्थानीयले चार घण्टा सडक समेत अबरुद्ध गरे ।

बाटोको स्तरउन्नतीको नाममा नाला मात्रै निकालेको र ग्रावेल नगरेको कारण स्थानीयलाई समेत आवत जावतमा समस्या भएको आफुहरु आन्दोलित भएको स्थानीय खीम ओलीले बताए ।
सोहीबाटोमा दैनिक स्कुलबसहरु, अन्य सार्बजनिक तथा निजि सवारीसाधनहरु सञ्चालन हुने भएपनि यस बिषयमा कुनै पनि निकायले चासो नदिएको उनको गुनासो थियो ।


ADVERTISEMENT

 




चार घण्टा सडक अबरुद्ध भएपछि वडा अध्यक्ष मानबहादुर बस्नेत र स्थानीय विच विहिवारबाट बाटोमा ग्रावेल हाल्ने काम सुरु गर्ने सहमति भएको थियो । भोलीबाट बाटो बनाउने कामसुरु नभएमा फेरी बन्द गर्ने स्थानियले बताएका छन ।

प्रतिकृया

प्रतिकृया