शरद रेग्मी, तुलसीपुर
२५-असार /  दाङको राप्ती अञ्चल सार्बजनिक यातायात बस ब्यबसायीसमितिसहित सबै समितिहरु प्रालिमा गएका छन् ।

दाङ सहित देशभरिका पुराना समितिहरु नेपाल सरकारले सिण्डिकेट अन्त्य गर्ने निर्णय गरेसंगै प्रालिमा गएका हुन् ।

यस अघि ब्यबसायीहरुको छाता संगठन नेपाल यातायात राष्ट्रिय महासङघ अन्तर्गत सञ्चालनमा रहेका झण्डै एक सय २५ यातायात समितिहरु प्रलिमा रुपान्तरण भएको महासङघका सल्लाहकार सुरेश हमालले जानकारी दिए ।


ADVERTISEMENT

 



समितिहरु सरकारले गरेको निर्णय र महासङघसंग गरिएको सम्झौता अनुसार कम्पनीमा रुपान्तरण भएको उनको भनाई छ । आफुहरु प्रालिमा गएको भन्दै आफुहरुसंग भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने उनको भनाई छ ।

उनका अनुसार शीर्ष नेताहरु , गृहमन्त्री र यातायात मन्त्री समेत समितिको नाममा रहेका अरबौका भौतिक संरचनाहरु रुपान्तरण भएका प्रालिको नाममा नामसारी गर्ने सम्झौता र आश्वासन समेत प्राप्त भएको छ ।

सोही अनुसार पुरानो समितिका रुपमा रहेको राप्ती अञ्चल सार्बजनिक यातायात ब्यबसायी समिति दाङ प्रालिमा गएसंगै त्रिसिद्देश्वरि राप्ती यातायात सेवा प्राईभेट लिमिटेडका रुपमा रुपान्तरण भएको प्रसाशनिक सचिब नारायण न्यौपानेले जानकारी दिए ।

२०४१ सालदेखि सार्बजनिक यातायात सेवा प्रदान गरिरहेको राप्ती समिति प्रालिमा रुपान्तरण भएको व्यबसायी प्रकाश भट्टले बताए । उनका अनुसार पछिल्लो समय प्रालिमा आबद्ध हुन आउनेहरु समेत बढेका छन् ।

सरकार र महासंघको सहमति अनुसार २०७६ साल देखि कम्पनि एनको दफा ९ उपदफा १ थाप गरिएको उपदफा (१ क) बमोजिम रुपान्तरणभै २०७६ साल श्रावण १ गते देखि यथावत रुपमा प्रा.लीका नामबाट यातायात सेवा संचालन हुन लागेको छ ।

प्रतिकृया

प्रतिकृया