तुलसीपुर
२६ असार / दाङमा दुई स्थानमा उपनिर्वाचन हुने भएको छ । दाङमा एक जना प्रदेशसभा सदस्य र एक जना वडाध्यक्षको निधन भएपछि ति क्षेत्रमा उपनिर्वाचन हुने भएको हो ।

दाङ क्षेत्र नंं. ३ को प्रदेशसभा ‘ख’ का उत्तरकुमार ओलीको गाडि दुर्घटनामा मृत्यु भएको हो । भने घोराही उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष लक्षिण बुढाको जन्डिसका कारण मृत्यु भएको हो । यी दुबै स्थानमा उप निर्वाचन हुने छ । यसको लागि निर्वाचन आयोगले तयारी थालेको छ ।

निर्वाचन आयोगले यस बर्ष ३५ जिल्लामा विभिन्न कारणले रिक्त रहेका ४७ स्थानमा उपनिर्वाचन गराउनका लागि गृहकार्य सुरु गरेको छ । कात्तिक मसान्तभित्र रिक्त रहेका प्रदेशसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचन गरिसक्ने आयोगको तयारी छ ।


ADVERTISEMENT

 



०७४ मा सम्पन्न ३ तह (स्थानीय, प्रदेश र प्रतिनिधिसभा) को निर्वाचनपछि १ प्रतिनिधिसभा सांसद, ३ प्रदेशसभा सांसद, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्षको निधन भइसकेको छ । ४७ मध्ये ९ जनाबाहेक अरु सबै जनप्रतिनिधिको निधन भएका कारण स्थान रिक्त छ । ५ जना वडा अध्यक्ष जिल्ल समन्वय समितिमा निर्वाचित, १ जनाको राजीनामा र २ स्थान अन्य कारणले रिक्त भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले रिक्त रहेका ती स्थानमा आगामी कात्तिकभित्रै उपनिर्वाचन सम्पन्न गर्नेगरी तयारी भइरहेको बताए ।

“कात्तिकभित्र उपनिर्वाचन सम्पन्न गरिसक्ने गरी आयोगले तयारी थालेको छ,” प्रवक्ता खरेलले भने, “निर्वाचनको मिति तोक्ने बारेमा गृहकार्य भइरहेको छ ।”
स्थानीय तह निर्वाचनको मिति आयोगसँग समन्वय गरी सरकारले तोक्छ भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति आयोगले सरकारसँग समन्वय गरी तोक्ने कानुनी व्यवस्था छ ।

जसमा प्रतिनिधिसभातर्फ १, प्रदेशसभातर्फ ३ सांसद, उपमहानगरपालिकाको १ प्रमुख , ३ गाउँपािलका प्रमुख, १ उपप्रमुख र ३८ वडा अध्यक्षका लागि निर्वाचन गर्नुपर्नेछ । निर्वाचन आयोगसँग भएको तथ्यांकअनुसार ती स्थानमा ०७४ सालको निर्वाचनमा ४ लाख २५ हजार ७४ मतदाता रहेका थिए । २४१ स्थानमा मतदान केन्द्र रहनेछ ।

पर्यटनमन्त्री समेत रहेका कास्की–२ का सांसद रवीन्द्र अधिकारीको ताप्लेजुङको पाथीभरामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो । अधिकारीको निधनसँगै सो क्षेत्र रिक्त छ । त्यस्तै, ३ वटा प्रदेशसभा सांसदहरुको पनि निधन भएपछि स्थान रिक्त छ । भक्तपुर प्रदेशसभा १ को ९क० का सांसद हरिशरण लामिछानेको ०७५ वैशाख ३ गते निधन भएको थियो । त्यस्तै, बाग्लुङ प्रदेशसभा २ को (ख)का सांसद टेकबहादुर घर्तीमगर र दाङ प्रदेशसभा ३ को (ख) का सांसद उत्तर कुमार वलीको पनि निधन भएपछि सो क्षेत्र रिक्त छ ।

त्यस्तै, स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, पाँचथर फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङ र महोत्तरी पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालको निधन भएपछि सो स्थानमा उपनिर्वाचन हुनेछ ।

त्यस्तै, संखुवासभा खाँदबारी नगरपालिका ३ नम्बर वडाध्यक्ष तोयानाथ ढुंगाना चेलबेटी बेचविखनको मुद्दामा जेल परेका थिए । उनको ०७४ फागुनमा जेलमै मृत्यु भएको थियो । महोत्तरी मटिहानी नगरपालिका वडा ६ का अध्यक्ष सञ्जयकुमार मण्डलले ०७४ माघमा राजीनामा दिएका थिए । ६ जना वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएका कारण ती वडा रिक्त छन् ।

आयोगले कात्तिक मसान्तभित्र उपनिर्वाचन गराउने तयारी थालेको छ । उपनिर्वाचनका लागि आवश्यक सामग्रीको तथ्यांक संकलन, बजेटको आँकलन र कार्यविधिको विषयमा आयोगले आन्तरिक गृहकार्य गरिरहेको सहसचिव खरेलले बताए । आयोगले उपनिर्वाचनका लागि मतदाता नामावली संकलनको काम पनि अघि बढाएको छ । उपनिर्वाचन हुने क्षेत्रमा मिति तोकिएपछि सो क्षेत्रको नामावली संकलन र अद्यावधिक हुनेछैन ।

आयोगले त्यसअघि नै छुट भएकाहरुको नामावली संकलन गर्नेगरी काम गरिरहेको उनले जानकारी दिए । नामावली अद्यावधिक र संशोधन गर्नुपर्ने भए मिति तोक्नुअघि नै दर्ता गरिसक्न पनि आग्रह गरेको छ । उपनिर्वाचन हुने आफ्नो जिल्लास्थित जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र केही स्थानमा इलाका तहमा नामावली दर्ताको काम भइरहेको छ ।

प्रतिकृया

प्रतिकृया