रुकुम (पश्चिम),
२७-असार /  रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ ।

पहिरोसँगै खसेको ढुङ्गा लाग्दा वडा नम्बर ५ गोतामकोट रिम्काकी १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो ।

जलिगारबाट रिम्का जाँदै गर्दा फारुलाको भिरमा पहिरोसँगै आएको ढुङ्गा लाग्दा बस्नेतको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष प्रजित विकले जानकारी दिए ।


ADVERTISEMENT

 


उनका अनुसार बस्नेतको आज बिहान १०:०० बजे मृत्यु भएको हो । मृतक बस्नेत सरस्वती माध्यमिक विद्यालय मिग्रीमा कक्षा ८ मा अध्ययनरत थिईन् ।

प्रतिकृया

प्रतिकृया